मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बाँकेका चिकित्सकहरु पनि आन्दोलनमा

बाँकेका चिकित्सकहरु पनि आन्दोलनमा

क्लिनिकमा समेत नबस्ने चिकित्सकको निर्णय

न्यूजस्टोरी


नेपालगन्ज, ११ असोज । श्रृङखलाबद्धरुपमा चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि आक्रमण हुन थालेपछि बाँकेका चिकित्सकपनि कामकाज ठप्प पारेर सडकमा निस्किएका छन् । नेपाल चिकित्सक संघको आह्वानमा बाँकेका सरकारी तथा निजी अस्पतालका चिकित्सकहरुले काम बन्द गरेर सडकमा उत्रिएका हुन् । आज बाँकेका सरकारी तथा निजी अस्पतालहरुको आकस्मिक बाहेकका सबै सेवा बन्द हुने चिकित्सक संघ बाँकेले जनाएको छ ।

चिकित्सकमाथि सुनियोजितरुपमा गरिएका सांघातिक आक्रमणले ढुक्क भएर बिरामीको सेवा गर्ने अवस्था नरहेपछि आन्दोलनमा उत्रनु परेको संघका बाँके अध्यक्ष डा.बिनोद कुमार थापाको भनाइ छ । उहाले सरकारले दोषीमाथि कारवाही गर्नुपर्ने र यस्ता घटना दोहोरिन नदिने प्रतिबद्धता नआएसम्म आन्दोलन जारी रहने बताउनुभयो । चिकित्सक संघले आजदेखि निजी क्लिनिकमा समेत सेवा नदिने निर्णय पनि गरेका छन् । नेपालगन्जमा बरिष्ठ सर्जन डा. श्यामसुन्दर यादवको संयोजकत्वमा आन्दोलन थालिएको भेरी अस्पतालका बरिष्ठ फिजिसियन डा. राजन पाण्डेले बताउनभयो ।

पोखरा, हेटौडा, गुल्मी, मोरङलगायतका जिल्लामा श्रृङखलाबद्धरुपमा डाक्टर तथा स्वास्थ्यकर्मीमाथि आक्रमण भएको छ । पछिल्लो पटक मणिपाल अस्पताल पोखरामा सहकर्मी कुटिएपछि डाक्टरहरु सुरक्षा खोज्दै आन्दोलनमा उत्रिएका छन् ।