मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

माल्दिभ्सका राष्ट्रपति मुइज्जु भारत भ्रमणमा, प्रधानमन्त्री मोदीलाई भेट्दै

माल्दिभ्सका राष्ट्रपति मुइज्जु भारत भ्रमणमा, प्रधानमन्त्री मोदीलाई भेट्दै

न्यूजस्टोरी

काठमाडौं । माल्दिभ्सका राष्ट्रपति मोहम्मद मुइज्जु आफ्नो पहिलो द्विपक्षीय भ्रमणको क्रममा भारत पुगेका छन् ।

सोमबार प्रधानमन्त्री नरेन्द्र मोदी र मोहम्म द मुइज्जुबीच भेटवार्ता हुने कार्यक्रम रहेको छ । यसअघि आइतबार राति माल्दिभ्सका राष्ट्रपति  मुइज्जुले भारतीय विदेशमन्त्री एस जयशंकरसँग भेटवार्ता गरेका थिए ।

बैठकको बारेमा एस. जयशंकरले भारत भ्रमणको सुरुमा राष्ट्रपति मुइज्जुसँग भेट्न पाउँदा खुसी लागेको बताउदै दुई देशबीचको सम्बन्धलाई मजबुत बनाउने राष्ट्रपति मुइज्जुको प्रयासको प्रशंसा गरेको बताएका छन् ।

प्रधानमन्त्री नरेन्द्र मोदी र मोहम्मद मुइज्जुबीच हुने भेटलाई उद्धृत गर्दै एस जयशंकरले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘म विश्वस्त छु कि प्रधानमन्त्रीसँग माल्दिभ्सका राष्ट्रपतिको भेटले दुई देशबीचको सम्बन्धलाई थप मजबुत बनाउनेछ ।