काठमाडौँ । उपनिर्वाचन भइरहेका तीन निर्वाचन क्षेत्रमध्ये आइतबार बिहान १० बजेसम्म चितवन २ मा सबैभन्दा धेरै मत खसेको छ।
सहायक मतदान अधिकृत ईश्वरी आचार्यले चितवन २ मा बिहान १० बजेसम्म १७ प्रतिशत मतदान भएको जानकारी दिनुभयो । त्यहाँ सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठ, नेकपा एमालेबाट रामप्रसाद न्यौपाने र राष्ट्रिय स्वतन्त्र पार्टीबाट रवि लामिछाने उम्मेदवार रहेका छन्। यसै गरी तनहुँ १ मा बिहान १० बजेसम्म १३.६ प्रतिशत मत खसेको छ। तनहुँमा कांग्रेसका तर्फबाट भट्टराई, एमालेका खनाल, रास्वपाका वाग्लेसहित नौ दलका प्रतिनिधि प्रतिस्पर्धामा छन्।
उता बारा २ मा भइरहेको उपनिर्वाचनमा बिहान १० बजेसम्म १५ प्रतिशत मत खसेको छ। जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख एसपी होबिन्द्र बोगटीका अनुसार शान्तिपूर्ण रूपमा मतदान भइरहेको छ।
उपनिर्वाचनमा गठबन्धनका साझा उम्मेदवार जसपाका अध्यक्ष उपेन्द्र यादव, नेकपा एमालेबाट पुरुषोत्तम पौडेल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट रमेश खरेल, जनमत पार्टीबाट शिवचन्द्र प्रसाद कुशवाहलगायत १० दलका नेताले समेत उम्मेदवारी दिनुभएको छ ।


प्रतिक्रिया