मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

हमास लडाकू समूहले बन्धक बनाएकामध्ये ६४ जनाको अवस्था अझै थाहा हुन सकेन

हमास लडाकू समूहले बन्धक बनाएकामध्ये ६४ जनाको अवस्था अझै थाहा हुन सकेन

न्यूजस्टोरी

हमास लडाकू समूहले इजरायलमा आक्रमण गर्दा बन्धक बनाएकामध्ये ६४ जनाको अवस्था अझै थाहा हुन सकेको छैन । इजरायलमा आक्रमण शुरू गर्दा हमास लडाकूले दुई सय ५१ जनालाई गाजा पट्टीमा लगेका थिए ।

आक्रमणको एक वर्षपछि पनि दुई बालबालिकासहित ५२ पुरुष र १० महिलागरी ६४ जना अझै बन्धक छन् । उनीहरू जीवित नै रहेको हुन सक्ने इजरायलको विश्वास रहेको समाचार संस्था एएफपीले जनाएको छ ।

गाजा पट्टीमा प्यालेस्टिनी लडाकू समूहका लागि ती बन्धकहरू इजरायलसँग युद्धविराम वार्ता गर्न र इजरायली जेलमा थुनिएका प्यालेस्टिनी कैदीको रिहाइ गर्न माध्यमका रुपमा रहेका छन् ।

सन् २०२३ अक्टोबर ७ तारिखमा हमास लडाकूले दुई सय ५१ जना बन्धक बनाएकोमा एक सय १७ जना मुक्त भइसकेका छन् । जीवित रहेको विश्वास गरिएका ६४ मध्ये ५७ जना इजरायली हुन् । अन्य ६ जना थाई नागरिक र एक जना नेपाली युवा विपिन जोशी हुन् । बन्धकमध्ये बाँकी ७० जना मृत भेटिएको यसअघि नै पुष्टि गरेकोमा ३३ जनाको शव अझै गाजामा नै रहेको खबरमा उल्लेख छ ।