मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

इजरायली प्रधानमन्त्री नेतन्याहुले आफ्नो शौचालयमा जासुसी यन्त्र राखेको बेलायती पूर्वप्रधानमन्त्रीको आरोप

इजरायली प्रधानमन्त्री नेतन्याहुले आफ्नो शौचालयमा जासुसी यन्त्र राखेको बेलायती पूर्वप्रधानमन्त्रीको आरोप

न्यूजस्टोरी

काठमाडौं । जासुसी र गुप्तचरमा अब्बल मानिने इजरायलले बेलायतका पूर्वप्रधानमन्त्री बोरिस जोनसनको पनि जासुसी गरेको रहस्य खुलेको छ । बेलायतका पूर्वप्रधानमन्त्री बोरिस जोनसनले प्रकाशित हुन लागेको पुस्तक ‘अनलिस्ड’मा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले आफ्नो शौचालयमा जासुसी यन्त्र लगाएको दाबी गरेका छन् ।

जोनसनको यो पुस्तक १० अक्टोबरमा सार्वजनिक हुनेछ । सन् २०१७ मा जोनसन बेलायतका विदेशमन्त्री थिए भने नेतन्याहु प्रधानमन्त्री ।  प्रधानमन्त्रीका रूपमा सन् २०१७ मा नेतन्याहु बेलायत भ्रमणमा आएका थिए । बेलायत भ्रमणका क्रममा नेतन्याहु र जोनसनको बेलायतको विदेश मन्त्रालयको कार्यालयमा भेटघाट भएको थियो । उक्त भेटघाटका क्रममा नेतन्याहुले जोनसनको निजी शौचालय प्रयोग गरेका थिए । 

नेतन्याहु शौचालयबाट बाहिर निस्किएको केही समयपछि जोनसनका सुरक्षाकर्मीले शौचालयबाट आवाज सुन्न मिल्ने यन्त्र बरामद गरे । कार्यालयमा जोनसनको शौचालय गोप्य स्थानमा थियो । शौचालय गएका नेतन्याहु केहीबेर शौचालयमा बसे । 

टेलिग्राफ पत्रिकासँग जोनसनले यस विषयमा थप विवरण आफ्नो किताबमा लेखेको उल्लेख गरेका छन् । जासुसी यन्त्रका विषयमा इजरायललाई प्रश्न गरियो वा प्रष्टिकरण सोधियो अथवा सोधिएन भन्ने कुरा अहिलेसम्म यकिन छैन । 

इजरायलले अमेरिकी राष्ट्रपति भवन ह्वाइट हाउसमा जासुसी गरेको आरोप पनि छ । सन् २०१९ मा अमेरिकाले इजरायलले आफूमाथि जासुसी गरिरहेको निष्कर्ष निकालेको थियो । 

ह्वाइट हाउस नजिकै मोबाइल फोन निगरानी गर्ने यन्त्र राखिएको अमेरिकाले फेला पारेको थियो । सन् २०१६ देखि २०१८ सम्म जोनसन बेलायतका विदेशमन्त्री थिए । सन् २०१९ देखि २०२२ सम्म उनी प्रधानमन्त्री पदमा थिए । 

कोभिड–१९ को लकडाउनका क्रममा प्रधानमन्त्रीको निवास क्षेत्रमा लकडाउनको नियम उल्लंघन गर्दै पार्टी गरेको आरोप लागेपछि जोनसनले राजीनामा दिएका थिए ।