मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिकामा हेलेन आँधी : ज्यान गुमाउनेको सङ्ख्या २ सय पुग्यो

अमेरिकामा हेलेन आँधी : ज्यान गुमाउनेको सङ्ख्या २ सय पुग्यो

न्यूजस्टोरी

अमेरिकामा हेलेन नामको आँधीका कारण ज्यान गुमाउनेको सङ्ख्या २ सय जना पुगेको छ । पहिरोमा पुरिएर हराएकाहरू झन्डै सय जनाको अझै खोजी भइरहेको उद्धारकर्ताहरूले बताएका छन् ।

ज्यान गुमाउनेमा आधाभन्दा बढी उत्तरी क्यारोलिनाका रहेका बीबीसीले जनाएको छ । त्यहाँ सन् २००५ मा आएको कट्रिना नामको विनाशकारी र घातक आँधीपछि अहिलेको ुहेलेनु आँधीले बढी मानवीय तथा भौतिक क्षति गरेको समाचारमा उल्लेख छ । आँधीका कारण विभिन्न ठाउँमा पहिरो गएपछि झन्डै १० लाख मानिस बिजुली र पानीविहीन भएका छन् ।

ज्यान गुमाउनेको सङ्ख्या बढ्दै गएपछि राष्ट्रपति जो बाइडेनले हिजो फ्लोरिडा र जर्जिया भ्रमण गर्नुभएको छ । गएको हप्ता आएको आँधीका कारण निम्तिएको बाढी तथा पहिरोबाट प्रभावितहरूलाई राष्ट्रपति बाइडेनले उनीहरूको पुनर्स्थाना नभएसम्म सरकारले सहयोग गरिरहने बताउनुभएको छ । उहाँले फ्लोरिडा, जर्जिया, उत्तरी र दक्षिणी क्यारोलिना र भर्जिनियामा प्रकोप सहायता पनि स्वीकृत गर्नुभएको छ ।