मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भियतनामको चिडियाखानामा वर्डफ्लुका कारण ४७ वटा बाघ मरे

भियतनामको चिडियाखानामा वर्डफ्लुका कारण ४७ वटा बाघ मरे

न्यूजस्टोरी

‘एच–फाइभ–एन–वान’ वर्डफ्लु भाइरस सङ्क्रमणका कारण दक्षिण भियतनामको चिडियाखानामा ४७ वटा बाघ मरेका छन् । वर्डफ्लुका कारण ४७ वटा बाघ, ३ वटा सिंह र एक प्यान्थर मरेका सरकारी मिडियाले जनाएको समाचार संस्था एएफपीले जनाएको छ ।

भियतनाम समाचार एजेन्सी ९भीएनए० का अनुसार अगस्ट र सेप्टेम्बरमा लङ एन प्रान्तमा रहेको निजी माई क्विन्ह सफारी पार्क र डोङ नाइमा रहेको भुओन जोई चिडियाखानामा जनावरहरू मरेका हुन् ।

‘नेशनल सेन्टर फर एनिमल हेल्थ डायग्नोसिस’ को परीक्षणको नतिजाअनुसार जनावरहरूको मृत्यु ‘एच–फाइभ–एन–वान’ टाइप–ए भाइरसको सङ्क्रमणबाट भएको पत्ता लागेको खबरमा उल्लेख छ ।चिडियाखानाहरूले यस विषयमा कुनै टिप्पणी गरेका छैनन् ।

वन्यजन्तु संरक्षणमा केन्द्रित गैरसरकारी संस्था ‘एजुकेशन फर नेचर भियतनाम (ईएनभी)’ ले सन् २०२३ को अन्त्यमा भियतनाममा ३ सय ८५ वटा बाघ बन्दी अवस्थामा रहेका बताएको छ ।

सन् २०२२ देखि ‘एच–फाइभ–एन–वान’ सहित इन्फ्लुएन्जा भाइरसका कारण स्तनपायीहरूमा घातक प्रकोप बढ्दै गएको विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले जनाएको छ । भियतनामले मार्चमा विश्व स्वास्थ्य सङ्गठनलाई यस भाइरसबाट मानिसको ज्यान गएको जानकारी दिएको थियो ।