मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जीप दुर्घटना हुँदा ताप्लेजुङमा १३ जना घाइते

जीप दुर्घटना हुँदा ताप्लेजुङमा १३ जना घाइते

न्यूजस्टोरी

ताप्लेजुङ, ९ असोज । ताप्लेजुङको पाथीभरा याङवरक—३ तिरिङ्गेबाट पाथीभरा दर्शनका लागि छुटेको जीप दुर्घटना भएको छ । मे १ ज २१८६ नम्बरको जीप सडकबाट खसेको हो । दुर्घटनामा १३ जना घाइते भएका छन् ।

घाइते हुनेमा याङवरक(३ तीरिङ्गेका जीप चालक २१ वर्षका भक्त कार्की, ७० वर्षका धनबहादुर डाँगी, ६२ वर्षकी फुलमाया बस्नेत, ३५ वर्षकी निर्मला बस्नेत, २२ वर्षका कर्णबहादुर भट्टराई, ३० वर्षकी विमला डाँगी, ६ वर्षकी युनिसा बस्नेत, ४ वर्षकी सोस्तीका बस्नेत रहेका छन् ।
त्यस्तै, तिरिङ्गेकै ४१ वर्षका ललित भट्टराई, २२ वर्षका कुमार भट्टराई, ३७ वर्षका मानबहादुर भट्टराई, ३८ वर्षका चन्द्रबहादुर भट्टराई र झापा बाह्रदशी गाउँपालिका वडा नं. २ बस्ने ४१ वर्षका कर्णबहादुर कार्की रहेका प्रहरीले जानकारी दिएको छ ।