मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

हिजबुल्लाहका एक सयभन्दा धेरै रकेट लन्चर नष्ट गरेको इजरायलको दाबी

हिजबुल्लाहका एक सयभन्दा धेरै रकेट लन्चर नष्ट गरेको इजरायलको दाबी

न्यूजस्टोरी

इजरायली सेनाले आफ्नो लडाकु विमानले लेबनानमा हवाई आक्रमण गरी हिजबुल्लाहले तयार पारेको एक सय वटाभन्दा धेरै रकेट लन्चर नष्ट गरेको दाबी गरेको छ ।

यी रकेट इजरायलतर्फ आक्रमण गर्नका लागि तयारी अवस्थामा राखिएका इजरायली रक्षा बल ९आईडीएफ० ले बताएको बीबीसीले जनाएको छ । आईडीएफले दक्षिणी लेबनानमा रहेको हतियार गोदामहरूलाई पनि हवाई आक्रमणको निशाना बनाएको बीबीसीको खबरमा उल्लेख छ ।

लेबनानको सरकारी ुनेशनल न्युज एजेन्सीु ले इजरायलले हिजो बेलुका ५२ पटक हवाई आक्रमण गरेको र लेबनानले पनि उत्तरी इजरायलमा आक्रमण गरेको बताएको छ ।

यसअघि लेबनानमा पेजर र वाकीटकी विस्फोट हुँदा ३७ जनाको ज्यान गएको थियो भने तीन हजार जनाभन्दा धेरै घाइते भएका थिए ।

ताइवानले लेबनानको विद्रोही समूह हिजबुल्लाहका सदस्यले प्रयोग गर्दै आएका हाते पेजर विस्फोटमा स्पष्टीकरण दिएको छ । ताइवान सरकारले ती पेजरका पूर्जा आफ्नो देशमा नबनेको बताएको बीबीसीको खबरमा उल्लेख छ ।

पेजरहरू ताइनावमा बनेको खबर सार्वजनिक भएपछि ताइवानी कम्पनी ुगोल्ड अपोलोटु ले पेजर विस्फोट भएका उपकरण आफूले नबनाएको बताएको थियो ।