मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

श्रीलङ्काले २०२५ को फेब्रुअरीसम्ममा गाडीको आयातमा प्रतिबन्ध हटाउने

श्रीलङ्काले २०२५ को फेब्रुअरीसम्ममा गाडीको आयातमा प्रतिबन्ध हटाउने

न्यूजस्टोरी

श्रीलङ्काले आउँदो वर्ष २०२५ को फेब्रुअरीसम्ममा चरणबद्ध रूपमा सबै गाडीको आयातमा प्रतिबन्ध हटाउने भएको छ । राष्ट्रपति रनिल विक्रमासिङ्घेको कार्यालयले विज्ञप्ति निकालेर अर्थतन्त्रलाई सामान्य अवस्थामा फर्काउने प्रयासको एक हिस्साका रूपमा गाडीको आयातमा प्रतिबन्ध हटाउन लागेको जानकारी दिएको भारतीय अनलाइन पत्रिका ‘द प्रिन्ट’ ले जनाएको छ ।

अन्तर्राष्ट्रिय मुद्रा कोष ९आईएमएफ० को विस्तारित कोष सुविधा ९ईएपएफ० कार्यक्रमसँग जोडिएको आर्थिक सुधार रणनीतिअनुसार आउँदो अक्टोबर १ देखि तीन वटा चरणमा प्रतिबन्ध हटाइने छ ।

तीव्र आर्थिक सङ्कटको समयमा देशको विदेशी मुद्रा सञ्चितिलाई जोगाउन लगाएको चार वर्षको ‘कडा आयात प्रतिबन्ध’ पछि गाडीको आयातलाई अनुमति दिने मन्त्रिपरिषद्ले स्वीकृति दिएको खबरमा उल्लेख छ । विदेशी मुद्रा सञ्चितिमा उल्लेख्य सुधार र रुपैयाँको सुदृढतासँगै मन्त्रिपरिषद्ले आउँदो वर्षको फेब्रुअरीसम्ममा गाडी आयातमा लागेका सबै प्रतिबन्ध हटाउने निर्णय गरेको विदेशमन्त्री अली साब्रीले जानकारी दिनुभएको छ ।

कोभिड–१९ सङ्क्रमणसँगै श्रीलङ्काले विदेशी मुद्रा सञ्चिति जोगाउन आयात प्रतिबन्ध लगाएको छ । त्यसपछि घट्दो वैदेशिक सञ्चितिलाई श्रीलङ्काले औषधि, इनधन र खाद्यान्न जस्ता अत्यावश्यक आयातका लागि खर्च गर्दै आएको थियो ।