मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

चीनका लागि जासुसी गरेको आरोपमा अमेरिकी गुप्तचर एजेन्सीका पूर्व कर्मचारीलाई १० वर्षको जेल सजाय

चीनका लागि जासुसी गरेको आरोपमा अमेरिकी गुप्तचर एजेन्सीका पूर्व कर्मचारीलाई १० वर्षको जेल सजाय

न्यूजस्टोरी

अमेरिकाले चीनका लागि जासुसी गरेको आरोपमा आफ्नै केन्द्रीय गुप्तचर एजेन्सी ९सीआईए० का पूर्व कर्मचारीलाई दश वर्षको जेल सजाय सुनाएको छ । ७१ वर्षीय अलेक्जेन्डर युक चिङ्ग माले चीनलाई गोप्य जानकारी बेचेको स्वीकार गरेपछि १० वर्षको जेल सजाए सुनाइएको बीबीसीले जनाएको छ । मा सन् २०२० को अगस्ट मा पक्राउ परेका थिए ।

हङकङमा जन्मिएकामा अमेरिकी नागरिक हुन् । उनले सन् १९८२ देखि १९८९ सम्म सीआईएमा र त्यसपछि एफबीआईमा काम गरेका थिए । अमेरिकी सरकारका वकिलहरूले अनुसन्धानमा माले पूर्ण सहयोग गरिरहेको बताएका छन् । अधिकारीले माले सीआईए एजेन्ट एकजना आफन्तसँग मिलेर चीनको शङ्घाई राज्य सुरक्षा ब्यूरोका गुप्तचर अधिकारीलाई गोप्य जानकारी दिएको बताएका छन् ।

हङकङमा भएको एक बैठकमा रेकर्ड गरिएको भिडियोमा माका साथीले गोप्य जानकारीको बदलामा ५० हजार डलर नगद गन्ती गरेर लिएको देखिएको अधिकारीको दाबी छ । उनी सन् २००४ मा हवाईमा बस्दा एफबीआईमा आबद्ध भएका थिए । एफबीआईले उनको गतिविधिबारे पहिले नै शङ्का गरेको थियो ।