करिब १४ लाख मुल्य बराबरका १७ विद्युतिय स्कुटी
शेखर छतकुली
वीरगञ्ज, २५ भाद्र । पर्सा प्रहरीले भन्सार छली चोरी पैठारी गरी नेपाल भित्रायाएर चलाउदै गरेको भारतीय ईलेकटिरिक स्कुटर नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय पर्साले वीरगन्जको बिभिन्न स्थानमा अनाधिकृत रुपमा वीरगन्जमा नम्वर प्लेट नभएको भारतिय ईलेकटिरिक स्कुटी १७ थान नियन्त्रणमा लिएको हो।
पर्सा प्रहरीको बिशेष चेकजाँचको क्रममा वीरगन्जको माईस्थान घण्टाघर आदर्शनगर बसपार्क भन्सार पावरहाउस लगायतका स्थानवाट प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साका सुचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक चक्र मल्लले जनाएकाछन्।
अहिले वीरगन्ज लगायत पर्सा जिल्लामा भारतिय विधुतीय स्कुटी छ्याप छ्याप्ती देखिए पछी नम्वर प्लेट नभएको कारण दुर्घटना भएपछि पहिचान गर्न गारो हुने भएकाले सो स्कुटी माथि पर्सा प्रहरीले निगरानी बढाउन विशेष निगरानी गर्नुका साथ साथै चेकजाँचमा कडाई गरेको पर्सा प्रहरीले जनाएको छ ।

पर्सा प्रहरीले नियन्त्रणमा लिएको ईलेकटिरिक स्कुटीको मुल्य करिब १३ लाख ६० हजार बराबरको रहेको पर्सा प्रहरीले जनाएको छ।

प्रहरीले नियन्त्रणमा लिएको उक्त भारतिय स्कुटीलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागी वीरगन्ज भन्सार कार्यालयमा बुझाउने तैयारी भै रहेको डिएसपी मल्लले जनाएका छन्।


प्रतिक्रिया