मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पर्सा निर्वाचन क्षेत्र नं २ को अलौमा एमालेमा प्रवेश गर्नेहरुको भिड उम्मेदवार रिमा यादवको पक्षमा जनमत

पर्सा निर्वाचन क्षेत्र नं २ को अलौमा एमालेमा प्रवेश गर्नेहरुको भिड उम्मेदवार रिमा यादवको पक्षमा जनमत

न्यूजस्टोरी

शेखर छतकुली
वीरगञ्ज, ९ फागुन । पर्सा निर्वाचन क्षेत्र नं २ को अलौमा रास्वपा, कांग्रेस र जसपा परित्याग गरी दर्जन भन्दा बढीु युवा नेता तथा कार्यकर्ताहरु नेकपा एमालेमा प्रवेश गरेका छन्।
शनिबार वडा कमिटी वीरगंज १७ अलौले आयोजना गरेको चुनावी छलफल कार्यक्रममा रास्वपाका युवा धिरज उपाध्याय को नेतृत्वमा १ सय भन्दा बढी युवाहरूले एमाले प्रवेश गरेका हुन् ।

आज वीरगन्ज महानगरपालिका वडा नं १७ अलौमा नवप्रवेशी नेता तथा कार्यकर्ताहरूलाई नेकपा एमाले पार्टीका केन्द्रिय सदस्य बिजय कुमार सरावगी र वडा अध्यक्ष सन्जु छतकुलीले फुलमाला र अविर लगाई पार्टी प्रवेश गराएका थिए ।
चुनावी सभालाई सम्बोधन गर्दै केन्द्रीय सदस्य सरावगीले देश निर्माणमा एमालेको विकल्प नरहेको बताउँदै एमाले पार्टीमा आफ्नो मत दिएर भारी बहुमतले बिजयी गराउन आग्रह गरेका छन्।

नेता सरावगीले पर्सा जिल्लाको क्षेत्र २ का लागि शिक्षित र योग्य महिला उम्मेदवार रिमा यादव लाई जिताउन पार्टी लगायत सम्पुर्ण मतदाताहरुलाई आग्रह गरेका छन् ।
बिभिन्न पार्टी परित्याग गरी नेकपा एमालेमा प्रवेश गरेका नवप्रवेशी युवा हरुले पनि रिमा यादवलाई जिताउन दिनरात खटेर बिजयी गराउने प्रतिबद्धता गरेका थिए ।
उक्त चुनावी कार्यक्रममा नेकपा एमालेका मधेश प्रदेश सदस्य उषमान अंसारी , युवा नेता अजय साह, गँगाधर महतो वीरगन्ज १७ का वडा सदस्य शेष नेसार अहमद राधा यादव लगायत स्थानीय नेता कार्यकर्ताहरुको बाक्लो उपस्थ्तिी रहेको थियो ।