किरण कँवर
चितवन, ८ फागुन । चितवनको रत्ननगर स्थित सडक छेउमै अव्यवस्थित तरिकाले फालिएका समग्रीहरुले गर्दा सडक दुर्घटनाको सम्भावना बढ्दै गएको छ । रत्ननगर नगरपालिका वडा नम्बर–१ र सेफ सुपर मार्केटको संयुक्त आयोजनामा कात्तिक २२ गतेदेखि रत्ननगरमा रात्रिकालिन बजार संचालनमा आएको थियो । केहि समय संचालनमा आएको रात्रीकालीन बजार हाल भने बन्द गरिएको छ ।
करिब डेढ महिनासम्म सञ्चालन गरिएको उक्त बजारमा रातभरि हुने डिजे साउन्ड, भीडभाड र विभिन्न गतिविधिका कारण स्थानीय वासिन्दाकै विरोधमा बन्द गरिएको थियो । शान्त ठाउँमा अत्यधिक कोलाहल र ठूलो आवाजका कारण राति सुत्नसमेत कठिन भएको भन्दै सर्वसाधारणले गुनासो गर्दै आएका थिए । रात्रिकालिन बजार बन्द भएको करिव डेढ महिना पछि पनि बजारको मुख्य प्रवेशद्वार नजिकै रात्रिकालिन बजारका गेट र अन्य सामग्री अव्यवस्थित तरिकाले फ्याकिएको छ ।
जसले गर्दा सडक दुर्घटना बढाउँदै लगेको स्थानीयको गुनासो छ ।

जनगुनासोकै आधारमा बजार बन्द गरिए पनि अब सम्बन्धित निकायले स्थानको सरसफाइ, व्यवस्थापन र पुनःस्थापनाका लागि आवश्यक कदम चाल्न नसक्दा यो अवस्था उत्पन्न भएको छ । अव, जतिसक्दो छिटो यसको ब्यवस्थापनका लागि सम्बन्धित निकायले आवश्यक कदम चाल्नु पर्ने देखिन्छ । अन्यथा, स्थानीयले गरेको विरोध सतहमै आउने देखिन्छ ।


प्रतिक्रिया