शेखर छतकुली
वीरगञ्ज, ८ फागुन । नेपाली कांग्रेसका उम्मेदवार अनिल रुगँटाको पक्षमा जनलहर बढ्दै गएको छ।
पर्सा निर्वाचन क्षेत्र नं १ मा नेपाली कांग्रेस पार्टीका प्रतिनिधि सभाको उम्मेदवार अनिल रुगँटाको पक्षमा जेएनजी युवाहरको जनलहर ह्वात्तै बढेपछि उनि बलियो देखिन थालेका छन्।
उम्मेदवार रुगँटाको प्रतिस्पर्धीको रुपमा देखिएका नेकपा एमालेका उम्मेदवार प्रदिप यादव चुनाव नजिकिँदै जाँदा दिनदिनै कमजोर देखिन थालेका छन्।

नेकपा एमालेका पुर्व केन्द्रिय सदस्य बसरुदिन अन्सारी एमाले परित्याग गरेर नेपाली कांग्रेस पार्टीमा प्रवेश गरेपछि पर्सा निर्वाचन क्षेत्र नं १ का उम्मेदवार अनिल रुगँटा झन बलियो उम्मेदवारको रूपमा देखिन थालेका छन् ।
२०७४ सालको प्रतिनिधि सभाको निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार अनिल रुगँटा प्रदिप यादव सँग पराजित भएका थिए।
एमालेका उम्मेदवार प्रदिप यादव १ पटक प्रतिनिधि सभाको निर्वाचनमा पराजित भएका छन् भने २ पटक जसपा नेपाल पार्टीबाट विजयी भएका थिए।
पर्सा जिल्लाको निर्वाचन क्षेत्र नं १ मा कांग्रेस पार्टीका उम्मेदवार अनिल रुगँटा र नेकपा एमालेका उम्मेदवार प्रदिप यादव बिच कडा प्रतिस्पर्धा हुने देखिएको छ ।
पर्सा १ नम्वर क्षेत्रमा आसन्न फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार रुगँटा र एमाले पार्टीका उम्मेदवार यादव बिच हुने चुनावी मैदानमा कस्ले बाजी मार्ला भन्ने विषयमा वीरगन्जबासीहरु चर्चा गर्न थालेको देखिन्छ।
यादव र रुगँटा यी दुई उम्मेदवारमा नेपाली कांग्रेसका उम्मेदवार रुगँटा विभिन्न पार्टी परित्याग नेपाली कांग्रेस पार्टीमा प्रवेश गरेपछि उनी अलि बलियो रहेको देखिएका छन्।
नेपाली कांग्रेसका उम्मेदवार रुगँटा एक सफल उधोगी व्यापारी पनि हुन।
रुगँटा भन्छन म उधोगी व्यापारी भन्दा पहिले ४० बर्ष राजनीतिकमा सक्रिय रहेको बताउछन्।


प्रतिक्रिया