शेखर छतकुली
वीरगञ्ज, ७ फागुन । पर्सा निर्वाचन क्षेत्र नं १ मा फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा कांग्रेस, एमाले, रास्वपा र जसपा नेपाल पार्टी बिच कडा प्रतिस्पर्धा देखिएको छ।
आसन्न फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा ४ पार्टी बिच कडा प्रतिस्पर्धा देखिए पनि अहिले कांग्रेस सबै भन्दा अग्र स्थानमा देखिएको छ।
पर्सा जिल्लाको निर्वाचन क्षेत्र नं १ मा नेपाली कांग्रेसका उम्मेदवार अनिल रुगँटा, नेकपा एमाले पार्टीबाट प्रदिप यादव, रास्वपा पार्टीबाट हरी पन्त, र जसपा नेपाल पार्टीबाट रामनरेश यादव बिच कडा प्रतिस्पर्धा हुने देखिएको छ।
अनिल रुगँटा पहिलो पटक २०७४ सालको प्रतिनिधि सभाको निर्वाचनमा प्रदिप यादव सँग ४ हजार ६ सय ५१ मतले पराजित भएका थिए भने रुगँटा अहिले फागुन २१ गते हुन लागेको निर्वाचनमा बलियो उम्मेदवारको रुपमा देखिएका छन्।
२०७२ सालको मधेशमा भएको आन्दोलन प्रभावका कारण २०७४ सालको प्रतिनिधिसभाको निर्वाचनमा जसपा नेपाल पार्टीबाट प्रदिप यादवले अनिल रुगँटालाई साढे ४ हजार भन्दा बढी मतले पराजित गरेका थिए ।
कांग्रेसका उम्मेदवार अनिल रुगँटा दोस्रो पटक प्रतिनिधिसभाको निर्वाचनको चुनावी मैदानमा उत्रिएका छन्।
फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा प्रदिप यादव जसपा नेपाल पार्टी परित्याग गरी नेकपा एमाले पार्टीको तर्फबाट उम्मेदवार बनेपछी पर्सा क्षेत्र नम्बर १ का मतदाताहरु प्रदिप यादव सँग रुष्ट देखिएका छन्।
जसका कारण प्रदिप यादव चुनावी रेसमा रहेपनि उनि अहिले २१ गते निर्वाचनमा कांग्रेसका उम्मेदवार अनिल रुगँटा भन्दा पछाडि देखिन थालेका छन्।
रास्वपा पार्टीका उम्मेदवार हरी पन्त अहिले देशभरी घन्टीको हल्ला चलेको कारण उनी प्रतिस्पर्धामा रहेपनि यी दुई ठुला दल नेपाली कांग्रेस र एमाले पछि देखिएको छ।
पर्सा निर्वाचन क्षेत्र नं १ मा चुनावको बेलामा काग्रेस एमालेले करौडौ रुपैयाँ खर्च गर्ने गरेका कारण पैसाको ठुलो चलखेल हुने देखिएका कारण रास्वपाका उम्मेदवार पन्त उनिहरुको तुलनामा निकै कमजोर देखिएका छन्।
तरपनि देशमा युवाहरुको चाहना घन्टी मय वनेको देखिएको कारण पन्त आफु जित्ने सम्भावना रहेको दावी गरिरहेका छन्।
जसपा नेपालका उम्मेदवार रामनरेश पहिलो प्रतिनिधि सभाको निर्वाचनमा उम्मेदवार बनेर चुनावी मैदानमा उत्रिएका छन्।
२०७९ सालको प्रतिनिधि सभाको निर्वाचनमा जसपा नेपालले पर्सा निर्वाचन क्षेत्र नं १ मा विजयी भएको कारण फागुन २१ गते हुने निर्वाचनमा आफु यस क्षेत्रमा विजयी हुने दाबी गरिरहेका छन्।
जसपा नेपालका उम्मेदवार रामनरेश यादव कांग्रेस एमाले रास्वपा पार्टी भन्दा पनि कमजोर देखिएका छन् ।
२०७४ र २०७९ सालको प्रतिनिधि सभाको निर्वाचनमा जसपा नेपालवाट २ पटक निर्वाचित भएका प्रदिप यादव जसपा नेपाल पार्टी परित्याग गरेर फागुन २१ गते हुने चुनावमा नेकपा एमाले पार्टीबाट उम्मेदवारी दिएपछि जसपा नेपाल पार्टीका तर्फबाट उम्मेदवारी दिएका रामनरेश यादव झनै कमजोर देखिएका छन्।
जसपा नेपालका उम्मेदवार रामनरेश यादवले पर्सा जिल्लाको निर्वाचन क्षेत्र नं १ आफनो गढ भएको कारण आफु निर्वाचित हुने दाबी गरिरहेका छन्।


प्रतिक्रिया