शेखर छतकुली
वीरगञ्ज, ३ फागुन । नेपाली कांग्रेसका उम्मेदवार अनिल रुगँटाले आसन्न फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा पर्सा जिल्लाको ४ वटै क्षेत्रमा नेपाली कांग्रेस विजयी हुने बताउनुभएको छ ।
रुगँटाले वीरगन्ज महानगरपालिका वडा नम्बर १५ लछुमनवामा चुनावी घरदैलो क्रममा यस्तो बताउनु भएको हो। नेपाली कांग्रेस पर्सा क्षेत्र नं. १ का उम्मेदवार अनिल रुङ्टाले आज आफ्नो क्षेत्रमा घरदैलो कार्यक्रम गरेका छन् । पर्सा क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्य रुङ्टाले गरेको घरदैलो कार्यक्रममा स्थानीय वासिन्दाको उत्साहजनक सहभागिता रहेको थियो।
घरदैलोका क्रममा रुङ्टाले मतदातासँग प्रत्यक्ष संवाद गर्दै जनताको अपेक्षा र आवश्यकतालाई केन्द्रमा इमानदार, उत्तरदायी र उपलब्धिमूलक नेतृत्व प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
उम्मेदवार रुङ्टाले मतदाताहरु सँग भने हाम्रो रोज्ने कि राम्रो रोज्ने बेला आएको बताउनुभएको छ । उहाँले आफु राजनीतिमा जनताको सेवा गर्नका लागि उम्मेदवारी दिएको बताउनुभयो । उहाँले समावेशी विकासको लागी मात्र मार्ग चित्रमार्फत क्षेत्रलाई दिगो प्रगतितर्फ अघि बढाउने अठोट व्यक्त गर्दै उनले शिक्षा, स्वास्थ्य, पूर्वाधार विस्तार, रोजगारी सिर्जना र सामाजिक सद्भाव अभिवृद्धिलाई मुख्य प्राथमिकतामा राख्ने बताउदै पर्सा जिल्लाको विकासको लागि मात्र आफ्नो उम्मेदवारी रहेको बताउनुभयो ।
“जनताको विश्वास नै मेरो प्रेरणाको मूल आधार रहेको बताउँदै अब मतदाताहरुले सही निर्णय गर्ने समय आएको बताउदै अब निर्णय जनताको बिचमा रहेको बताउनुभयो ।
रुङ्टाले “तपाईंहरूको साथ र भरोसाले पर्सा–१ लाई समृद्धि र विकासको नयाँ शिखरतर्फ डोहोर्याउने बताउनुभयो।
उम्मेदवार रुङ्टाले नेपाली कांग्रेसले नयाँ अनुहारका उम्मेदवारहरुलाई निर्वाचनमा उम्मेदवारी दिएर फागुन २१ गते निर्वाचन पछी नेपाली कांग्रेसको नेतृत्वमा सरकार गठन हुने ठोकुवा समेत गर्नुभयो ।
कार्यक्रममा नेपाली कांग्रेसका स्थानीय अगुवा, नेता तथा कार्यकर्ताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

सहभागीहरूले आगामी निर्वाचनमा रुख छापमा मतदान गरी रुङ्टालाई विजयी गराउन सबै एकजुट हुनुपर्नेमा जोड दिए।
घरदैलोका क्रममा देखिएको व्यापक जनसमर्थन, सक्रिय सहभागिता र आत्मीय वातावरणले पर्सा क्षेत्र नं. १ लगायत पर्साको ४ वटै क्षेत्रहरुमा नेपाली कांग्रेस थप मजबुत बन्दै गएको दावी समेत गरेका छन्।
उम्मेदवार रुङ्टाले उत्साह, एकता र परिवर्तनको सन्देश बोकेको उक्त कार्यक्रमले यही फागुन २१ गते हुन् गइरहेको निर्वाचनमा कार्यकर्ता तथा समर्थकमाझ निर्णय रहेको बताएका छन्।
उक्त घरदैलो कार्यक्रममा पर्सा जिल्लाको निर्वाचन क्षेत्र नं १ का मतदाताहरुको ठुलो सँख्यामा उपस्थिति रहेको थियो।


प्रतिक्रिया