मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

न्यूजस्टोरी

पर्सा प्रहरीको सफलता स् ठुलो परिमाणमा लागुऔषध चरेसलोड सहितको ट्रक संगै २ जना नियन्त्रणमा
शेखर छत्कुली
वीरगञ्ज, ६ पुष । जिल्ला प्रहरी कार्यालय पर्साले ठूलो परिमाणमा लागूऔषध चरेस सहित २ जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय पर्सा र वडा प्रहरी कार्यालय श्रीपुरको सँयुक्त प्रहरी टोलीले विशेष सुचनाको आधारमा २ सय ४० किलो लागु औषध चरेशको ट्रक सहित दुईजनालाई नियन्त्रणमा लिएको हो।

पर्सा प्रहरीले वीरगञ्जको २१ जगरनाथपुर ढाटस्थित सडक खण्डबाट २ सय ४० किलो चरेसको गाडी सहित २ जनालाई नियन्त्रणमा लिएको पर्साका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुदीपराज पाठकले जनाएकाछन ।

मकवानपुरबाट वीरगन्जको आईसिपीतर्फ आउँदै गरेको ना ३ ख ५०९३ नम्बरको ट्रकलाई रोकी चेकजाँच गर्दा ट्रकको क्याबिनमाथि फल्स बटम बनाई लुकाई छिपाई राखेको अवस्थामा ट्रक र चरेससहित २ जनालाई पक्राउ गरेको पत्रकार सम्मेलन गरेर प्रहरी प्रमुख एसएसपी पाठकले जानकारी दिएका छन् ।

लागु औषध चरेश सहित पक्राउ पर्नेमा सो गाडीका चालक मकवानपुरको थाहा नगरपालिका वडा नं। ११ बस्ने वर्ष २९ का सरोज मोक्तान र सोही वडाका गाडीमा सवार नवराज लो लाई पक्राउ गरेको प्रहरीले जनाएको छ।

लागुऔषध चरेस सहित पक्राउ परेकाहरुलाई आजै पर्सा जिल्ला अदालतवाट म्याद थप गरी लागु औषध समबन्धि मुद्दा चलाउने तयारी भइरहेको पर्सा प्रहरीले जनाएको छ ।