शेखर छत्कुली
वीरगञ्ज, २६ मंसिर । पर्सा प्रहरीले ठुलो मात्रामा लागु औषध ट्याब्लेट सहित ४ जनालाई नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय पर्साका सादा पोशाकमा रहेका क्राईम ब्रान्चको टोलीले बिषेश सुचनाको आधारमा वीरगन्जको अलग अलग ठाउँबाट ७६ हजार १ सय ७० पिस लागु औषध ट्रमाडोल क्याप्सुल सहित उनिहरुलाई नियन्त्रणमा लिएको हो ।
पर्सा प्रहरीले वीरगन्ज महानगरपालिका वडा नम्वर १५ स्थित प्रतिमा चौक टिकट काट्ने काउन्टर अगाडी रहेको ०८-००१ ज ०११७ नम्वरको ई भी गाडी भित्र सुटकेसमा लुकाई छिपाई राखेको ट्रमाडोल हाईड्रोक्लोराईड क्याप्सुल ६० हजार ५ सय ३० पिस र वीरगन्ज महानगरपालिका वडा नम्वर २४ रामगढवामा डेरा गरी भाडामा वसनेको कोठावाट १५ हजार ६ सय ४० पिस ट्रमाडोल क्याप्सुल बरामद गरको पर्सा प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुदिप राज पाठकले एक पत्रकार सम्मेलन गरी सार्वजनिक गरेका छन् ।
उक्त लागु औषध ट्रमाडोल क्याप्सुल सहित पक्राउ पर्नेमा जिल्ला पर्सा वीरगन्ज महानगरपालिका वडा नम्वर २४ बस्ने बर्ष २० का युवराज पटेल, सोही ठाउँका वर्ष २१ का अफजल देवान, जिल्ला धादिङ बेनिघाट रोराङ गाउँपालिका वडा नम्वर ६ बस्ने बर्ष १९ का रामहरी मगर मगर र धादिङ जिल्लाका सिदलेख गाउँपालिका वडा नम्वर ७ बस्ने बर्ष १९ का राजकुमार मगराती रहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक पाठकले जनाएकाछन ।
उक्त लागु औषध ट्रमाडोल क्याप्सुल सहित पक्राउ परेकाहरुलाई पर्सा जिल्ला अदालतवाट ७ दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको एसपी सुदिप राज पाठकले जनाएकाछन।

पत्रकारहरुले सोधेको प्रश्नको जवाफमा पर्सा प्रहरीले पक्राऊ परेकाहरु साहु हुनकि भरिया भन्ने विषयमा अनुसन्धान भैरहेको बताएकाछन ।

पर्सा प्रहरीले उनिहरु माथी लागु औषध समबन्धि कारोवार अन्तर्गत मुद्दा चलाउने तयारी भइरहेको प्रहरीले जनाएको छ।
प्रहरीले पर्सा जिल्लामा अहिले सम्म पक्राउ गरेको लागु औषध मध्ये यो सव भन्दा ठुलो परिमाणमा रहेको एसपी पाठकले दाबी गरेका छन् ।


प्रतिक्रिया