रजनीगन्धा, राजनीवास र मिठा माछाको समेत तस्करी
राजकिशोर भगत
वीरगञ्ज, ३० कार्तिक । सिमावर्ती क्षेत्रबाट हुने तस्करीको घटना कुनै नौलो विषय होईन्, तर पछिल्लो समय सिमानाकाको मुख्य जिम्मेवारी पाएका सशस्त्र प्रहरीको मिलोमतोमा व्यापक रुपमा पर्सामा तस्करी बढेको हो ।
विगत केही महिना देखि पर्सा जिल्लाको वीरगन्ज लगायत ग्रामिण क्षेत्रमा बन्द रहेको तस्करी अहिले सवैठवा, धौरै र भिस्वा नाकाबाट मौलाएको छ।

सिमानाकामा २४ सौ घण्टा सशस्त्र प्रहरीको डियुटी हुदा हुँदै पनि रातीको समयमा रातभरी तस्करी भईरहेको पाईएको छ ।
पर्साको पश्चिमी ग्रामिण भेगमा पर्ने धोरे, सबैठवा भिस्वा लगायतका विभिन्न नाकाबाट सशस्त्र प्रहरीकै मिलेमतोमा खुलेआम तस्करी भईरहेको हो ।
सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सिमा सुरक्षा गुल्म लाहवरथकरीका प्रमुख एवम प्रहरी नायव उपरीक्षक (डिएसपी) लोकनाथ उप्रेती र उनको मातहत रहेको सशस्त्र प्रहरी बञ्जारी भिस्वाका विओपीका प्रमुख सशस्त्र प्रहरी निरिक्षक रोशन सिङ्देल आएदेखी ठुलो आर्थिक चलखेलमा त्यस छेत्रमा निर्वाध रुपमा रातीको समयमा तस्करी भईरहेको स्थानीयले समेत बताएका छन् ।
केही समय पहिला नेपालबाट भिस्वा हुदै तस्करी मार्फत भारतको सिकटा पुर्याईने ठूलो मात्रामा चाइनिज लहसुन बरामद भएपछि भिस्वा नाकाबाट केही दिन तस्करी बन्द भएको थियो । तर, अहिले सशस्त्र प्रहरी निरीक्षक सिङ्देल आएको दिन देखि नै भिस्वा नाकाबाट तस्करीको लाईन खुलाएका छन ।
उनले साना देखी ठुला तस्कर समूहहरुलाई भेटेर तस्करीको लाइन दिएर तस्करलाई खुलेर सघाउने गरेको एक तस्कर आफै बताउँछन् ।
भारतको सिकटा बाट लत्ता कपडा, हार्डवेयर, इलेक्ट्रोनिक समान, मीठा, किराना पसलको समानलगायतका सामग्रीहरू भिस्वा नाकाबाट नेपालतर्फ तस्करी भईरहेको पाईएको छ । त्यसैगरि नेपालबाट लिभर लिमिटेडका कस्मेटिक सामान र गोल्ड स्टार जुत्ता, चाइनिज फुजी स्याउ लगायतका सामग्रीहरू भिस्वावाट तस्करीमार्फत भारतको सिकटा बजार तर्फ तस्करी भईरहेको छ ।
विगतको दिन देखि बन्द रहेको तस्करीको संरक्षण सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सिमा सुरक्षा गुल्म सबैठवाका प्रमुख उप्रेती र सशस्त्र प्रहरी बञ्जारीको प्रमुखको सिङ्देलको संरक्षणमा तस्करी हुँदै आएको छ।त्यसैगरी सशस्त्र प्रहरी गुल्म सबैठवाको अगाडीको बाटो प्रयोग गरि ठुलो मात्रामा लत्ताकपडा,माछा र कुखुराको चल्ला तस्करी भईरहेको छ।उक्त तस्करी गरि ल्याएको सामान पोखरीया बजार,बिश्रामपुर, महुवन,डकैला बहुअवरी,बढनिहियार हुँदै जितपुर बजार सम्म पुर्याउने गरेको स्थानियले बताउँछन् ।

सशस्त्र प्रहरी बल१३ नम्बर गण हेडक्वाटर पर्साका प्रमुख एवम सशस्त्र प्रहरी उपरीक्षक पुरन चन्द भट्टले डिएसपी मार्फत महिनवारी बुझि भिस्वा नाका र सबैठवा र धौरे नाकाबाट ठुलो मात्रामा तस्करी गर्न लाईन दिएको नाम नछाप्ने सर्तमा एक व्यापारीले बताएका छन। सशस्त्र प्रहरीको हाकिमलाई तस्करीको बिषयमा सूचना दिदा उल्टै सूचना दिनेलाई नै मुद्दा चलाउछु समेत धाक धम्कि दिने गरेको एक स्थानीयले बताए।
मधेस प्रदेशका डिआईजी कृष्ण ढकालले तस्करी बन्द रहेको दाबी गर्दै आएपनि पर्सामा ठुलो मात्रामा तस्करी सुचारु रहेको छ । यस बिषयमा माथिल्लो निकाय मौन रहेकोले शंकाको बिषय बनेको छ।
पर्सा जिल्लामा भैरहेको तस्करीको बिषयमा बुझनको लागि सशस्त्र प्रहरी बल १३ नम्बर गण पर्साका प्रमुख एवम सशस्त्र प्रहरी उपरीक्षक पुरन चन्द भट्ट संग बुझदा उहाँले हामीलाई धेरै ठाऊबाट तस्करी भईरहेको सूचना प्राप्त भईरहेको छ। भट्ट भन्छन् म आफै तीन दिनदेखि रातीमा अवैध सामानहरु नियन्त्रणमा लिन खटिएको छु । केही किसिमका सामानहरु भेटिएको खण्डमा तस्करीमा सँलगन जो कोहीलाई कारवाही गर्ने पनि उनको भनाइ छ ।


प्रतिक्रिया