शेखर छत्कुली
वीरगंज, २४ कार्तिक । बारा जिल्ला स्थित निजगढ क्षेत्रमा आईतबार राति एउटा जंगली हात्तीले पूर्व–पश्चिम महेन्द्र राजमार्ग अबरुद्ध पारेको छ।
आईतबार राती पर्सा वन्यजन्तु आरक्षबाट निस्केर सो हातीले पुर्व पश्चिम राजमार्ग अवरुद्ध गरेको हो ।
२०८२ साल कात्तिक २३ गते सोमवार राति अन्दाजी करिब ११स्४५ बजे १२ किलो र पसाहा पुलको बीचको राष्ट्रिय निकुञ्ज वन्यजन्तु क्रसिङ जोनमा हात्ती आएको र त्यसले राजमार्गमा गुडिरहेका सवारी साधनहरूमा आक्रमण गर्न थालेको इलाका प्रहरी कार्यालय निजगढका प्रहरीले जनाएको हो ।

सोमवार बिहानैदेखि सो हातीको आक्रमण घटनापछि राजमार्गमा सवारीसाधनको आवागमन ठप्प बनेको छ।
हात्तीले पुर्व राजमार्गवाट यात्रु बोकेर आई रहेको इन्डियन नम्बर प्लेटको फोर्स गाडी र एकवटा बोलेरो गाडी पल्टाइ दिएको तथा गाडीभित्र रहेका सामानहरू पनि नष्ट गरेको वारा प्रहरीले जनाएकोछ।
सो हात्तीको आक्रमणबाट ध्द्यठघ न् ढछडठ नम्बरको माइक्रो बस र बा २ च ७९२८ नम्बरको पिकअप गाडीमा समेत क्षति पुर्याएको प्रहरीले बताइएको छ ।
घटनाको जानकारी पाउनासाथ वारा प्रहरी निरीक्षकको कमाण्डमा ७ जनाको प्रहरी टोली, नेपाली सेनाको १० जनाको टोली तथा वाराका सशस्त्र प्रहरी र निकुञ्जका कर्मचारी परिचालन गरी हात्ती धपाउने प्रयास भइरहेको इलाका प्रहरी कार्यालय निजगढले जनाएको छ।

बिहानसम्म पनि हात्ती सो क्षेत्रमा सक्रिय रहँदा राजमार्ग हुँदै गुड्ने गाडीहरूको सिसा फुटालिएको र के कति क्षति भएको पूर्ण विवरण आउन बाँकी रहेको प्रहरी स्रोतले जनाएको छ ।
हात्तीको आतङ्कबा सो छेत्रमा स्थानीय बासिन्दा र सवारी चालकहरू हात्तीको गतिविधिका कारण त्रसित बनेका छन्।
वाराका सुरक्षा निकायहरुले हात्तीलाई सुरक्षित रूपमा वनतर्फ फर्काउने प्रयास जारी राखेको जनाएको छ।
हात्ती आक्रमणबाट जीतपुरसिमरामा एक पुरुषको मृत्यु मृत्यु भएको छ ।
निजगढ(पथलैया सडकमा सवारी आवागमन अबरुद्ध बनाएर आतंक मच्याएको जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा बारा जितपुर सिमरा उपमहानगरपालिका–१ सिमरा निवासी समपत चौधरीका छोरा अन्दाजी करिब वर्ष ४० का राजकुमार चौधरीको मृत्यु भएको बारा प्रहरीले जानकारी दिएको छ ।
मृतक चौधरीको शव सोमबार बिहान करिब ११स्२० बजे प्रहरीको उपस्थितिमा प्रादेशिक अस्पताल कलैया पठाइएको इलाका प्रहरी कार्यालय सिमराले जनाएको छ।
मृत्युको कारणबारे हाल अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। पोष्टमार्टम रिपोर्टपछि मृत्युको कारण स्पष्ट हुने वारा प्रहरीले जानकारी दिएको छ।


प्रतिक्रिया