मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रत्ननगर नगरपालिका एक नम्बर वडा कमिटिको बृहत भेला सम्पन्न

रत्ननगर नगरपालिका एक नम्बर वडा कमिटिको बृहत भेला सम्पन्न

न्यूजस्टोरी

किरण कँवर ।
चितवन, २३ कार्तिक । नेपाल कम्युनिष्ट पार्टी एमाले रत्ननगर नगरपालिका एक नम्बर वडा कमिटिले बृहत भेला सम्पन्न गरेको छ ।
बृहत भेला कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि तथा बागमति प्रदेश कमिटि सद्स्य राजाराम रेगमीले पछिल्लो चरणमा एमालेलाई चौतर्फी आक्रमण हुँदै आएको बताउनुभयो । ओली सरकार राष्टियताको पक्षमा वकालत गर्दै गर्दा देशी विदेशी प्रतिक्रियावादीहरुको निशानाले ढलेको उल्लेख गर्नुभयो । राष्ट प्रतिको माया र विकासको एजेण्डा एमाले संग मात्र रहेको रेग्मीको भनाइ थियो । रेग्मीले आँफूहरु राजनीतिक परिवर्तनको लामो इतिहास बोकेर आएको शक्ति भएको बताउँदै अपहरण भएको लोकतन्त्र फर्काउने पनि एमाले नै भएको उल्लेख गर्नुभयो । कार्यक्रममा उल्लेख्य मात्रामा एमाले कार्यकर्ताको उपस्थिति रहेको थियो ।