मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

साढे ९ लाख बढिको भारतीय औषधि सहित युवक सशस्त्र प्रहरीको नियन्त्रणमा

साढे ९ लाख बढिको भारतीय औषधि सहित युवक सशस्त्र प्रहरीको नियन्त्रणमा

न्यूजस्टोरी

शेखर छत्कुली
वीरगंज, २३ कार्तिक । विभिन्न किसिमको भारतीय औषधि सहित एक जनालाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरी बल प्रस्तावित सिमा सुरक्षा गुल्म वीरगन्ज भन्सारले उक्त मुल्य बराबरको औषधि सहित बाराको एक युवकलाई नियन्त्रणमा लिएको हो । सशस्त्र प्रहरी बल प्रस्तावित सिमा सुरक्षा गुल्मका प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक पुरुषोत्तम भण्डारीको नेतृत्वमा रहेको टोलीले वीरगञ्ज–१६ इनर्वास्थित खेतको चोर वाटो हुँदै भारतबाट अवैध रूपमा टाउकोमा बोकी नेपाल तर्फ भित्र्याउने क्रममा मानिसहरुले प्रयोग गर्ने औषधि सहित विश्रामपुर गाउँपालिका–४ बलिरामपुर बस्ने १८ वर्षीय हरिओमकुमार पासवानलाई नियन्त्रणमा लिएको हो ।

पासवानलाई सीमा सुरक्षा गुल्म सशस्त्र प्रहरी नायब उपरीक्षक पुरुषोत्तम भण्डारीको कमान्डमा खटिएको टोलीले भारतवाट नेपालतर्फ ल्याउँदै गरेको ९ लाख ५८ हजार ९ सय १३ रुपैयाँ बराबरको भारतीय औषधि सहित पासवानलाई पक्राउ गरेको हो ।

सशस्त्र प्रहरीले पक्राउ परेका पासवानलाई औषधिसहित आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाएको सशस्त्र प्रहरी १३ नम्वर गणका सूचना अधिकारी डीएसपी विश्वराज योञ्जनले जनाएका छन् ।