शेखर छत्कुली
वीरगंज, २२ कार्तिक । सशस्त्र प्रहरी बल १३ नम्वर गण वीरगन्जले विभागको निती नियम बिपरित सादा पोसाकमा घुमुवा परिचालन गरेको छ ।
पर्सा वीरगन्जका सशस्त्र प्रहरी प्रमुख सशस्त्र प्रहरी उपरीक्षक पुरन चन्द भट्टले प्रहरी प्रधान कार्यालयको निर्देशन विपरित सादा पोसाकमा आफ्ना सशस्त्र प्रहरी जवानहरुलाई परिचालन गरेको हो ।
पर्साका सशस्त्र प्रहरी प्रमुख भट्ट ले १३ नम्वर गणका राजाराम यादव लगाएत आधा दर्जन सशस्त्र प्रहरीहरुलाई सादा पोसाकमा घुमुवा परिचालन गरेको जानकारी प्राप्त भएको छ ।
सशस्त्र प्रहरी उपरिक्षक भट्टका भुमुवाहरुले पर्सा जिल्लाको वीरगन्ज लगायत ग्रामिण क्षेत्रमा तस्करहरु सँग घुमुवा राजाराम यादवले एसपीको नाममा अवैध रुपमा रकम असुल्ने गरेको र रकम नदिने तस्करहरुको सामान समातेर भन्सार बुझाउने गरेको स्रोतले जनाएको छ ।
सशस्त्र प्रहरी प्रधान कार्यालय काठमाडौंले कुनैपनि हालतमा सादा पोसाकमा सशस्त्र प्रहरी घुमुवा न राख्न देश भरि रहेका सशस्त्र प्रहरी गणका गणपतिहरुलाई ठाडो निर्देशन गरेको भएपनी सशस्त्र प्रहरी बल १३ नम्वर गण वीरगन्जका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक पुरन चन्द भट्टले आधा दर्जन भन्दा बढी सशस्त्र प्रहरी जवान राजाराम यादवको नेतृत्वमा सादा पोसाकमा घुमुवा परिचालन गरेको पाईएको छ ।
सशस्त्र प्रहरी पर्साका घुमुवा पहिले देखी नै बिबादित प्रहरी हुन । घुमुवा यादव बिगत ३ चार वर्ष देखि पर्सा जिल्लाको गण बिओपी गुल्ममा घुमुवाको रुपमा बस्दै आएका छन ।
सशस्त्र प्रहरी बलको १३ नम्वर गणमा प्रमुख जो कोही आएपनि घुमुवा यादव हाकिमहरुलाई रिझाएर घुमुवा वस्दै आएका छन् ।
यसरी विभागको नियम निती बिपरित सादा पोसाकमा घुमुवा राख्ने सशस्त्र प्रहरी प्रमुख र घुमुवा राजाराम यादवलाई कस्तो किसिमको कारवाही विभागले गर्ने हो त्यो चर्चाको विषय बनेको छ ।


प्रतिक्रिया