शेखर छत्कुली
वीरगन्ज, ३१ असोज । जिल्ला प्रहरी कार्यालय पर्साले १ महिनामा ७ करोड रुपैयाँ बराबर अवैध तस्करीको मालसामान बरामद गरेको छ।
भर्खरै नयाँ आएका पर्साका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुदिप राज पाठकले तस्करीमा कडाइ गरेपछि उक्त मुल्य बराबरको अवैध तस्करीको मालसामान बरामद गरेको हो।
पर्सा प्रहरीले असोज महिनामा मात्रै जिल्लाका विभिन्न स्थानबाट भन्सार छलेर भित्र्याइएको करिव ६ करोड ८७ लाख ६२ हजार ३ सय २१ रुपैयाँ बराबरको बिभिन्न मालसामान बरामद गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख एसपी सुदिप राज पाठकले बताएका छन् ।

पर्सा प्रहरीले नियन्त्रणमा लिएको अवैध माल सामानहरुमा लता कपडा खाद्यान्न इलेक्ट्रोनिक्स सामान चिनी बिष्फोटक पदार्थ पटाका लगायतका विभिन्न प्रकारका सामानहरु रहेका छन्।
असोज महिनामै मात्र लागू औषध गाँजा ४३ किलो, चरेस ११ किलोग्राम, खैरो हेरोइन ३१ ग्राम बरामद गरिएको पर्साका प्रहरी उपरीक्षक पाठकले बताए।
यो महिनामात्र विभिन्न अपराधमा संलग्न र कसुरमा अदालतबाट सजाय तोकिएपछि फरार रहेका ७ जना प्रतिवादीलाई पनि पक्राउ गरी नियन्त्रणमा लिएको पर्सा प्रहरीले पक्राउ गरेको छ।


प्रतिक्रिया