शेखर छत्कुली
वीरगन्ज, २७ असोज
जिल्ला प्रहरी कार्यालय पर्साले स्रोत नखुलेको करिब साढे चार लाख अवैध रकम सहित एक जनालाई नियन्त्रणमा लिएको छ । पर्सा प्रहरीको टोलीले विरगंज महानगरपालिका १० आदर्शनगरबाट एक युवकलाई स्रोत नखुलेको ४ लाख ३४ हजार रुपैयाँ सहित नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरीको टोलीले बिषेश सुचनाको आधारमा उक्त रकम सहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साका डिएसपी किसोर लम्सालले बताउनुभयो । उक्त रकम सहित पक्राउ पर्नेमा विरगंज महानगरपालिका वडा नम्वर १६ बस्ने बर्ष १९ को किशन यादव रहेको पर्सा प्रहरीले जनाएको छ । पक्राउ परेका यादव माथी मुलुकी अपराध सहिता २०७४ को दफा १२५ को (क) बमोजिम हुन्डी समबन्धि कारोवार गर्न नहुने कसुरमा पर्सा जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखि थप अनुसन्धान भइरहेको पर्साका डिएसपी लम्सालले जनाएका छन् ।
त्यसै गरी पर्सा प्रहरीको विशेष टोलीले जुवा तास खेलिरहेको अवस्थामा ५० हजार ७ सय ५५ रुपैयाँ सहित ३ जनालाई नियन्त्रणमा लिएको छ ।
पर्सा प्रहरीले विशेष सुचनाको आधारमा वीरगन्ज महानगरपालिका १६ स्थित फुलवारी टोल स्थित रोशन रौनियारले सन्चालन गरेको एक होटलमा छापा मारी उक्त रकम र ३ वुक तास सहित जुवा खेलिरहेको ३ जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साका डिएसपी किसोर लम्सालले बताउनुभयो ।
जुवा तास खेलिरहेको अवस्थामा उक्त रकम सहित पक्राउ पर्नेहरुमा जिल्ला पर्सा वीरगन्ज महानगरपालिका वडा नम्वर १६ बस्ने बर्ष २० को रोहित रौनियार, ऐऐ बस्ने बर्ष ३० को श्यामवावु राय,र वीरगन्ज महानगरपालिका वडा नम्वर १५ बस्ने बर्ष २५ को अनन्त कुमार गुप्ता रहेको पर्साका डिएसपी लम्सालले जनाएका छन् । पक्राउ परेकाहरु विरुद्ध जुवा समबन्धि कसुरमा जिल्ला प्रशासन कार्यालय पर्सावाट ५ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको डिएसपी लम्सालले बताएका छन् ।


प्रतिक्रिया