मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पहिरो खसेर अबरुद्ध मुग्लिङ–नारायणगढ सडक संचालनमा

पहिरो खसेर अबरुद्ध मुग्लिङ–नारायणगढ सडक संचालनमा

न्यूजस्टोरी

काठमाडौं, १३ असोज । मुग्लिङ–नारायणगढ सडकमा बिहान पहिरो खसेर सडक अबरुद्ध भएकोमा अहिले दुबैतर्फ संचालनमा रहेको छ । बिहान सात बजेतिर सानो पहिरो खसेकोमा केही समयमै पन्छाएर सडक संचालन गरेको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ । कार्यालयले लेन अनुशासन पालना गरी सुरक्षित साथ यात्रा गर्न अनुरोध गरेको छ ।

कोशी राजमार्ग अन्तर्गत संखुवासभाको भोटखोला गाउँपालिका ४ र मकालु गाउँपालिका ३ मा सडक अबरुद्ध छ । अरु सबैजसो राजमार्ग संचालनमा रहेपनि बर्षा भइरहेकोले हिलो हुने तथा सामान्य अबरोध हुने क्रम चलिरहेकै छ । दशैंको आवतजावतलाई ख्याल गरेर सरकारले देशका धेरैजसो राजमार्गको अबरोध हटाएको छ । सडक विभागले उपकरणहरु तयारी अबस्थामा राखेर पन्छाउने काम गरिरहेको जनाएको छ । तर लगातार बर्षा भइरहेकोले बाटोको अबस्था बुझेर सुरक्षितसाथ यात्रा गर्न प्रहरीले अनुरोध गरेको छ ।

यस्तै कतिपय चालकहरुले नसुतीकनै लामो समय सवारी गुडाइरहेको पाइएकोले त्यसो नगर्न यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजयबहादुर स्वाँरले आग्रह गर्नुभएको छ ।