मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुग्लिन-नारायणगढ सडकखण्ड आज दिनभर बन्द, वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह

मुग्लिन-नारायणगढ सडकखण्ड आज दिनभर बन्द, वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह

न्यूजस्टोरी

काठमाडौं, ८ असोज । मुग्लिन-नारायणगढ सडकखण्ड आज दिनभर बन्द रहने भएको छ । हिजो दिउँसोदेखि अवरुद्ध बनेको सडक आज पनि खुल्ने सम्भावना नदेखिएको चितवन सडक डिभिजन कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार हिजो दिउँसो करिब ४ः५० बजे तुइन खोला पुलनजिकै ठूलो पहिरो खस्दा सडक आवागमन पूर्ण रूपमा बन्द भएको हो । “पहिरो पन्छाउन कम्तीमा आज दिनभर लाग्ने भएकाले सडक बन्द नै रहनेछ,” कार्यालयले जनाएको छ ।

बारम्बार पहिरो खस्ने घटनाले यात्रुहरूलाई निरन्तर समस्या परेको भन्दै डिभिजन कार्यालयले सम्पूर्ण सवारीधनी र यात्रुलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ ।