मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आजको मौसम : देशका पहाडी भू-भागमा बदली, कोशी र बागमतीमा भारी वर्षाको सम्भावना

आजको मौसम : देशका पहाडी भू-भागमा बदली, कोशी र बागमतीमा भारी वर्षाको सम्भावना

न्यूजस्टोरी

काठमाडौं, ७ असोज । हाल मनसुनी वायुको प्रभाव केही कमजोर रहे पनि स्थानीय वायुको आंशिक प्रभाव देशभर सक्रिय रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो कोशी प्रदेशसहित पहाडी भू-भागमा साधारणतया बदली रहनेछ भने बाँकी भू-भागमा आंशिक बदली हुने सम्भावना छ । कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानमा तथा तराईका केही भागमा मध्यम वर्षा हुने पूर्वानुमान गरिएको छ ।

यस्तै, कोशी र बागमती प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा भारी वर्षा हुने सम्भावना पनि महाशाखाले जनाएको छ ।

आज राति देशका अधिकांश पहाडी भू-भागमा साधारणतया बदली रहनेछ भने अन्य भू-भागमा आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।