मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

धादिङको जवाङ खोलामा सुक्खा पहिरो, मुग्लिन-काठमाडौं सडक दुईतर्फी अवरुद्ध

धादिङको जवाङ खोलामा सुक्खा पहिरो, मुग्लिन-काठमाडौं सडक दुईतर्फी अवरुद्ध

न्यूजस्टोरी

काठमाडौं, ७ असोज । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका(१०, जवाङ खोलामा सुक्खा पहिरो खस्दा मुग्लिन-काठमाडौं सडकखण्ड दुईतर्फी अवरुद्ध भएको छ ।

गएराति खसेको पहिरो पन्छाएर एकतर्फी सडक सञ्चालन गरिएको थियो । तर, राति नै फेरि ठूलो पहिरो खसेपछि सडक पुनः दुईतर्फी बन्द भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

प्रहरीका अनुसार निरन्तर पहिरो झर्ने क्रम नरोकिएकाले अहिले पहिरो पन्छाउने कार्य गर्न नसकिएको हो । यसले गर्दा यात्रु र सवारी चालक दलका सदस्यहरु बाटोमै अलपत्र परेका छन् । प्रहरीले उनीहरुलाई सुरक्षित स्थानमा बस्न र लेन अनुशासन पालना गर्न आग्रह गरेको छ ।

यसअघि गत शुक्रबार मुग्लिन-नारायणगढ सडकखण्डको तुइन खोलामा खसेको पहिरोका कारण ४० घण्टासम्म सडक बन्द हुँदा यात्रुहरूलाई ठूलो सास्ती भएको थियो । त्यहीबेला सडकमा परेको गाडीको चाप अझै सामान्य नहुँदै जवाङ खोलामा पहिरो खस्दा दशैं मनाउन गाउँ फर्किनेहरूको यात्रा झन् कष्टकर बनेको छ ।