मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

हेटौंडामा बस, ट्रक र ट्यांकर ठोक्किँदा ३१ जना घाइते

हेटौंडामा बस, ट्रक र ट्यांकर ठोक्किँदा ३१ जना घाइते

न्यूजस्टोरी

हेटौंडा, ६ असोज । मकवानपुरको हेटौंडा उपमहानगरपालिका-१९ बस्तीपुरमा बस, ट्रक र तेल ट्यांकर एक आपसमा ठोक्किँदा ३१ जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका निमित्त प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।

घाइतेहरुलाई उपचारका लागि हेटौंडा अस्पताल र सीएमसी चुरेहिल हस्पिटल हेटौंडा पठाइएको छ ।

प्रहरीका अनुसार चितवनबाट बीरगञ्जतर्फ जाँदै गरेको ना ६ ख २११९ नम्बरको यात्रुबाहक बसको अगाडिको चक्का पड्किएपछि बस अनियन्त्रित भई विपरीत दिशाबाट आएको ना ६ ख ८१८० नम्बरको मालबाहक ट्रकसँग ठोक्किएको थियो । त्यसपछि ट्रक अनियन्त्रित भई काठमाडौंबाट बारातर्फ जाँदै गरेको ना ७ ख १७७४ नम्बरको पेट्रोलियम पदार्थ ढुवानी गर्ने ट्यांकरसँग ठोक्किएको हो ।