मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नक्कली भुटानी शरणार्थी प्रकरणको फायल खोल्ने एआईजी केसीलाई सीआईबी प्रमुखको जिम्मेवारी

नक्कली भुटानी शरणार्थी प्रकरणको फायल खोल्ने एआईजी केसीलाई सीआईबी प्रमुखको जिम्मेवारी

न्यूजस्टोरी

काठमाडौं, ५ असोज । नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान अघि बढाए बापत प्रदेश समन्वय विभागमा थन्क्याइएका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मनोज केसीलाई सरकारले केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) प्रमुखको जिम्मेवारी दिएको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) केसीलाई सीआईबी प्रमुखमा सरुवा गर्ने निर्णय गरेको हो ।

केसी नेतृत्वको टोलीले पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई पक्राउ गरि अनुसन्धान थालेको र शेरबहादुर देउवा पत्नी आरजु देउवा राणालाई पक्राउ गर्ने चर्चा चलेसँगै तत्कालीन सत्ता गठबन्धनमा रहेको नेपाली कांग्रेसका दबाबका कारण केसीलाई जिम्मेवारीबाट हटाएको थियो ।

केसी नेतृत्वको अपराध अनुसन्धान कार्यालयले १२ चैत २०७९ मा भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिन्छु भन्दै असुली गरेको आरोपमा मोरङका केशव दुलाल, ललितपुरका सानु भण्डारी र पाँचथरका टेक गुरुङलाई पक्राउ गरेको थियो । दुलाल र भण्डारीको बयानबाट भुटानी शरणार्थी प्रकरणमा गृह मन्त्रालयका उच्च पदस्थहरु अधिकारीहरु नै यो प्रकरणमा संलग्न रहेको खुलेको थियो ।