मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल यात्रामा सतर्कता अपनाउन आफ्ना नागरिकलाई भारतको आग्रह

नेपाल यात्रामा सतर्कता अपनाउन आफ्ना नागरिकलाई भारतको आग्रह

न्यूजस्टोरी

काठमाडौं, ४ असोज । जेनजी आन्दोलनपछि उत्पन्न विषम अवस्थामा नेपाल यात्रामा सतर्कता अपनाउन आग्रहसहित भारतले आफ्ना नागरिकका लागि ट्राभल एड्भाइजरी जारी गरेको छ । नेपालमा रहेको भारतीय दूतावासले भदौ २३ र २४ गतेको आन्दोलनपछि उत्पन्न अवस्था पछिल्ला दिनमा सुध्रिएको भए पनि नेपाल यात्रा गर्दा सतर्कता अपनाउन भनेको हो ।

दूतावासले एड्भाइजरीमा गएको हप्ताको तुलनामा नेपालमा स्थिति सुध्रिएको तर सतर्कता अपनाउन आवश्यक रहेको जनाएको छ । सडकमार्ग हुँदै आवागमन र उडान नियमित रूपमा चलिरहेका भए पनि नेपाल यात्रा गर्ने भारतीय नागरिकले सतर्कता अपनाउन र भारतीय दूतावास वा स्थानीय प्रशासनले जारी गर्ने एड्भाइजरीको पालना गर्न सुझाव दिएको छ ।

भारतीय दूतावासले आवश्यक परेको खण्डमा सम्पर्क गर्न आफ्ना नागरिकको सहायताका लागि हेल्पलाइन नम्बर, आपतकालीन नम्बर र इमेल पनि सार्वजनिक गरेको छ ।