मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

संविधान दिवसमा रत्ननगरमा माओवादीको सभा

संविधान दिवसमा रत्ननगरमा माओवादीको सभा

न्यूजस्टोरी

किरण कुँवर

चितवन, ३ असोज । जेन जी बिद्रोह, महान जनयुद्ध तथा जनआन्दोलन का उपलब्धिका निम्ति प्राण दिने सबैप्रति श्रद्धाञ्जली अर्पण गर्दै माओवादी रत्ननगरले संविधान दिवस मनाएको छ।

कार्यक्रममा बोल्दै नगर अध्यक्ष मेघनाथ पौडेलले अहिलेको परिवर्तन महान जनयुद्ध र जनआन्दोलनकै उपलब्धी भएको बताउँदै नेकपा माओवादी हरेक परिवर्तनको हिमायती भएको दावी गरे । त्यस्तै, कार्यक्रममा बोल्दै प्रदेश कोषाध्यक्ष संगीता भट्टराईले वर्तमान संविधानको रक्षा र सुदृढीकरण एवं जेन्जी बिद्रोहले उठाएका मुद्दामा माओवादी पार्टी दृढ रहेको बताइन्। उनले जेन(जि पुस्ताले उठाएका मागहरु माओवादीले २०६२ मै उठाएको बताइन । कार्यक्रममा बोल्दै भट्टराईले काङ्ग्रेस, एमालेकै कारण आज यो समस्या उत्पन्न भएको बताइन ।

कार्यक्रममा नगर इन्चार्ज राजु आङ्गाइ “सुबोध” नगर उपाध्यक्षहरु तथा पदाधिकारी लगायत नगर कमिटीका नेता तथा कार्यकर्ताहरूको उल्लेख्य उपस्थिति थियो ।