मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राष्ट्र बैङ्कले १ अर्ब २० करोड मुद्दती निक्षेपमा राख्ने

राष्ट्र बैङ्कले १ अर्ब २० करोड मुद्दती निक्षेपमा राख्ने

न्यूजस्टोरी

काठमाडौं, २९ भदौ । नेपाल राष्ट्र बैङ्कले एक अर्ब २० करोड रुपैयाँ बराबरको रकम बैङ्क तथा वित्तीय संस्थामा मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । बैङ्कको उपदान तथा पेन्सन कोषमा रहेको रकम लगानी गर्नु परेकाले इच्छुक बैङ्क तथा वित्तीय संस्थालाई सहभागिताका लागि आग्रह गरेको छ ।

केन्द्रीय बैङ्कले भोलि सोमवारसम्म निवेदन दिन आग्रह गरेको छ । राष्ट्र बैङ्कले ‘क’ वर्गका वाणिज्य बैङ्कमा एक अर्ब चार करोड, ‘ख’ वर्गका विकास बैङ्कमा १९ करोड ५० लाख र ‘ग’ वर्गका वित्त कम्पनीमा छ करोड ५० लाख बराबरको रकम लगानी गर्नेछ ।

बैङ्कबाट तोकिएको न्यूनतम कुल पुँजीकोष कायम रहेको र निष्क्रिय कर्जा सापटीको आठ प्रतिशत र खुद निष्क्रिय कर्जा अनुपात तीन प्रतिशत ननाघेको हुनुपर्ने सूचनामा उल्लेख छ । आफूले लिन चाहेको रकम र ब्याजदरसमेत प्रस्ताव गरी आवेदन दिन केन्द्रीय बैङ्कले सूचनामार्फत आग्रह गरेको छ ।