काठमाडौं, २९ भदौ । नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशम चौधरीले उक्त पार्टी परित्याग गरेका छन् ।
चौधरीले सामाजिक सञ्जालमार्फत आफैले जन्माएको नाउपा परित्याग गरेको जनाउ दिएका हुन् । उनले अब नागरिक उन्मुक्ति पार्टी नेपाल नामक नयाँ पार्टी बनाउने घोषणा पनि गरेका छन् । उनले भनेका छन्, ‘आजसम्म नागरिक उन्मुक्ति पार्टीको संरक्षक मानिदिनु भएकोमा सम्पूर्णलाई धन्यवाद,’ उनले भने, ‘आजदेखि भने म त्यो पार्टीबाट अलग भएको छु । नयाँ संगठन निर्माणमा आजैदेखि जुटेको छु ।’
चौधरीले आफ्नो रञ्जिता र दामोदरसँग कुनै वैरभाव नभएको पनि स्पष्ट पारेका छन् ।


प्रतिक्रिया