मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रधानमन्त्री कार्कीले पदभार ग्रहण गर्दै

प्रधानमन्त्री कार्कीले पदभार ग्रहण गर्दै

न्यूजस्टोरी

काठमाडौं, २९ भदौ । जेनजी आन्दोलनको बलमा अन्तरिम सरकारको प्रधानमन्त्री बनेकी सुशीला कार्कीले आज पदभार ग्रहण गर्दैछिन् ।

शुक्रबार राति पद तथा गोपनीयताको शपथ लिएकी कार्कीले आज बिहान ११ बजे पदभार ग्रहण गर्नेभएकी हुन् । प्रधानमन्त्री तथा मन्त्रपरिषद्को कार्यालय रहेको सिंहदरबार जलाएर ध्वस्त बनाएपछिको अवस्थामा कार्कीले गृहमन्त्रालको नयाँ भवनमा स्थापना गरिएको नयाँ कार्यालयमा पदभार ग्रहण गर्नेछिन् ।

राष्ट्रपति पौडेलले आफुमा निहित अधिकार प्रयोग गर्दै कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गरेका थिए । कार्कीले आजै मन्त्रिपरिषद् विस्तार गर्ने बताइएको छ । तर, उनको मन्त्रिपरिषद्मा को को सहभागी हुँदैछन् भन्ने अहिलेसम्म खुलेको छैन ।