किरण कुँवर
चितवन, २१ भदौ । सृजना टोल सुधार समिति रत्ननगर–१ चितवनले पाँचौं अधिवेशन सम्पन्न गरेको छ । अधिवेशनले नयाँ नेतृत्व चयन गर्दै अधिवेशन सम्पन्न गरेको हो ।
नयाँ नेतृत्वका लागि अध्यक्षमा तिलक पौडेल, उपाध्यक्षमा एलिना पराजुली चुनिनु भएको छ । साथै डिल्लि प्रसाद आचार्य सचिव, देवी पौडेल सह–सचिव र शंकर क्षेत्री कोषाध्यक्ष मा चुनिनु भएको छ । त्यस्तै, सदस्यमा डिल्लि प्रसाद सुवेदी, डिल्लि प्रसाद पौडेल र सर्मिला बिडा चयन हुनुभएको छ ।
त्यसैगरी, लेखा समितिको संयोजकमा लेखनाथ पौडेल र सदस्यमा कृष्णदेव गौतम तथा गोमा रेग्मी चयन हुनुभएको छ । नवनिर्वाचित अध्यक्ष तिलक पौडेलले टोल सुधार, सरसफाइ र विकासलाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो । समाजलाई सुशासन प्रदान गर्न यस्ता कार्यक्रमले प्रभावकारी भूमिका खेल्ने उल्लेख गर्दै रत्ननगर–१ का अध्यक्ष कुल प्रसाद सापकोटाले प्रत्येक टोलमा स्थानीय जागरुकता आवश्यक रहेको समेत बताउनुभयो ।


प्रतिक्रिया