मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सडक बत्तिले सजिएको शहर

सडक बत्तिले सजिएको शहर

न्यूजस्टोरी

किरण कुँवर
चितवन, १७ भदौ । चितवनको रत्ननगर नगरपालिका अहिले सडक बत्तिको उज्यालोले झिलिमिली बनेको छ । नजिकिदै गरेका चाडपर्वलाई लक्षित गर्दै आज मंगलवार पूर्वी चितवनको रत्ननगरमा सडक बत्तिको उदघाटन गरिएको हो ।
रत्ननगर १६ निवासी १०६ बर्षिय बृद्धा हेमकुमारी अधिकारीको हातबाट स्वीच अन गरि बत्ति बालिएको हो ।
कार्यक्रममा रत्ननगर नगर प्रमुख प्रलाहद सापकोटा र अन्य जनप्रतिनिधिहरुरको समेत उपस्थिति रहेको थियो ।

उदघाटन कार्यक्रममा बोल्दै रत्ननगरका नगर प्रमुख सापकोटाले अव रत्ननरले बत्ति र उज्यालोका लागि चाडपर्व कुर्नु नपर्ने जिकिर गरे ।
हर बखत उज्जालो प्रदान गर्न नगरले कुनै कसर बाँकी नराख्ने सापकोटाको दावी थियो । सडक उज्यालो बनाउन स्थानीय जनप्रतिनिधिले खेलेको भुमिका प्रति स्थानीय पनि खुसी भएका छन् ।