थियानजिन । प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच चीनको थियानजिनमा अनौपचारिक भेट भएको छ ।
चीनका राष्ट्रपति सी चिनफिङ र उनकी धर्मपत्नी पेङ लियुआनले शाङ्घाई सहयोग संगठन (एससिओ) प्लस शिखर सम्मेलनमा सहभागी मुलुकका लागि आयोजना गरेको स्वागत समारोहका क्रममा दुवै नेताबीच भेटघाट र अनौपचारिक कुराकानी भएको हो ।
थियानजिन मेइजियान सम्मेलन केन्द्रमा भएको सांस्कृतिक प्रस्तुतिसहितको रात्रिभोजमा भएको भेटबारे भारतीय प्रधानमन्त्री मोदीले सामाजिक सञ्जाल ‘एक्स’ मा तस्वीर सार्वजनिक गरेका छन् ।
तस्वीर शेयर गर्दै मोदीले थियानजिनमा प्रधानमन्त्री ओलीलाई भेट्न पाउँदा खुशी लागेको उल्लेख गरेका छन् । साथै, उनले नेपाल-भारत सम्बन्धलाई “गहिरो र विशेष” रहेको पनि टिप्पणी गरेका छन् ।


प्रतिक्रिया