कैलाली, १४ भदौ । धनगढी उपमहानगरपालिका–२ मिलनचोकबाट एक होटल सञ्चालक पाँच किलो भन्दा धेरै चरेशसहित पक्राउ परेका छन् ।
पाँच किलो छ सय ९० ग्राम चरेशसहित बझाङको बुङ्गल नगरपालिका–८ घर भइ धनगढी–२ मा होटल सञ्चालन गर्दै आएका राम बोहरा पक्राउ परेका जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिनुभयो ।
होटलमा शङ्का लागि चेक गर्दा चरेश फेला परेको र पक्राउ परेका बोहरालाई आवश्यक कारबाहीको प्रकृया थालिएको उहाँले जानकारी दिनुभयो ।


प्रतिक्रिया