मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मनसुनी वायुको प्रभाव कमजोर रहे पनि केही ठाउँमा मध्यम वर्षा

मनसुनी वायुको प्रभाव कमजोर रहे पनि केही ठाउँमा मध्यम वर्षा

न्यूजस्टोरी

काठमाडौं, ३१ साउन । मनसुनी वायुको प्रभाव कम रहे पनि देशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको छ ।

गएराति सुनसरी, सङ्खुवासभा, सिन्धुपाल्चोक, चितवन, तनहुँ, रुकुम पूर्व, बाजुरा, बझाङ, दार्चुलालगायतका ठाउँमा मध्यम वर्षा भयो ।

आज दिउँसो पनि लुम्बिनी र सुदूरपश्चिमको पहाडी तथा तराई भागसहित केही ठाउँमा मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार राति कोशी र सुदूरपश्चिमसहितका केही ठाउँमा मध्यम वर्षाको सम्भावना छ । अस्तिदेखि मनसुनी वायुको प्रभाव कमजोर बन्दै गएको महाशाखाले जनाएको छ ।