मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कुवेतमा रहेका नेपालीलाई घातक पेय पदार्थबाट टाढा रहन दूतावासको आग्रह

कुवेतमा रहेका नेपालीलाई घातक पेय पदार्थबाट टाढा रहन दूतावासको आग्रह

न्यूजस्टोरी

काठमाडौं, ३१ साउन । कुवेतमा रहेको नेपाली दूतावासले त्यहाँ कार्यरत नेपालीलाई स्वास्थ्यका लागि घातक र जोखिमपूर्ण खाद्य तथा पेय पदार्थ नखान आग्रह गरेको छ ।

दूतावासले विज्ञप्ति निकालेर विषाक्त रक्सी सेवनबाट केही नेपालीको निधन भएको र ३५ जना अस्पताल भर्ना भएको भन्दै यस्तो आग्रह गरेको हो ।

दूतावासले ज्यान गुमाउने नेपालीको सङ्ख्या उल्लेख गरेको छैन । विषाक्त रक्सी खाएर कम्तीमा नौ जना नेपालीको ज्यान गएको बुझिएको छ ।

कुवेतको स्वास्थ्य मन्त्रालयले मेथानोल मिसावट गरेको रक्सी खाएका कारण एक सय ६० जना भन्दा धेरै प्रभावित भएका र उनीहरुमध्ये २३ जनाको ज्यान गएको जनाएको छ । मृतक सबैजसो एशियाली देशका रहेका मन्त्रालयले निकालेको विज्ञप्तिमा उल्लेख छ ।

नेपाली दूतावासका अनुसार ३५ जना नेपाली नागरिकको विभिन्न स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

केहीको ज्यान गएको जानकारी पनि प्राप्त भएको र केहीको गम्भीर अवस्थामा उपचार भइरहेको दूतावासले निकालेको विज्ञप्तिमा उल्लेख छ ।