मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पुष्पाञ्जली अस्पताल र बिद्युत व्यवसायी संघ चितवनबीच सम्झौता

पुष्पाञ्जली अस्पताल र बिद्युत व्यवसायी संघ चितवनबीच सम्झौता

न्यूजस्टोरी

किरण कुँवर
चितवन, २९ साउन । चितवनको पुष्पाञ्जली अस्पताल प्रा.लि., विद्युत व्यवसायी संघ चितवन र बिद्युत व्यवसायी बचत तथा ऋण सहकारी संस्था चितवनबीच त्रीपक्षीय सम्झौता भएको छ । एक विशेष कार्यक्रमकाबीच सम्झौतामा पुष्पाञ्जली अस्पतालका प्रबन्ध निर्देशक श्री सुजनराज अधिकारी, बिद्युत व्यवसायी संघ चितवनका अध्यक्ष श्री विष्णुप्रसाद चालिसे, बिद्युत व्यवसायी बचत तथा ऋण सहकारी संस्था लि. का अध्यक्ष श्री डोलराम न्यौपाने को उपस्थितिमा सम्झौता पत्रमा हस्ताक्षर गरिएको हो।
सम्झौता अनुसार, चितवन जिल्लाका बिद्युत व्यवसायी संघका पदाधिकारी, व्यवसायिक सदस्य, कर्मचारी तथा उनीहरूका परिवारका सदस्यहरूले पुष्पाञ्जली अस्पतालमा स्वास्थ्य परीक्षण तथा उपचार सेवामा २५ प्रतिशत सम्म छुट पाउने छन्। छुट सेवा लिन आउँदा संस्थाको परिचय पत्र वा आधिकारिक पत्र अनिवार्य रूपमा पेश गर्नुपर्नेछ।
हस्पिटलबाट दिइने हुने सेवा जस्तै बेड चार्ज, ल्याब टेस्ट, ईसीजी, इको, भिडिओ एक्सरे, एक्सरे आदि सेवामा २५ प्रतिशत सम्म छुट, साथै अप्रेशन, क्याबिनमा १० प्रतिशत छुट दिइनेछ। औषधिमा ७ प्रतिशत छुट प्रदान गरिनेछ।
आवश्यकताअनुसार स्वास्थ्य शिविर, स्वास्थ्य शिक्षा तथा सचेतनामूलक कार्यक्रमहरू संचालन गरिने प्रावधान पनि सम्झौतामा उल्लेख गरिएको छ।