मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अव रत्ननगर प्रादेशिक अस्पतालमै रेबिज भ्याक्सिन सेवा

अव रत्ननगर प्रादेशिक अस्पतालमै रेबिज भ्याक्सिन सेवा

न्यूजस्टोरी

किरण कुँवर
चितवन, १२ साउन । चितवनको रत्ननगर स्थित रत्ननगर प्रादेशिक अस्पतालमा रेबिज रोगविरुद्धको खोप सेवा सुरु गरिएको छ । अस्पतालका अध्यक्ष गोपालराज कर्माचार्य, मेडिकल सुपरिटेन्डेन्ट डा. मदन ज्ञवाली र जनस्वास्थ्य शाखा प्रमुख नारायण ढुङ्गानालाई रत्ननगर नगरप्रमुख प्रलाद सापकोटाले भ्याक्सिन प्रदान गरेका थिए ।

लामो समयको प्रयासमा अस्पतालमा रेबिज भ्याक्सिन सेवा उपलब्ध भएको सापकोटाको भनाइ छ । भ्याक्सिन हस्तान्तरण कार्यक्रममा बोल्दै नगर प्रमुख सापकोटाले अव स्वास्थ्य सुलभताका हिसावले रत्ननगर निकै अघि रहेको समेत जिकिर गरे ।

कार्यक्रममा अस्पतालका अध्यक्ष गोपालराज कर्माचार्यले अस्पतालमा अन्य सेवा सुविधाको पनि सहजता आवश्यक रहेको जिकिर गर्दै अस्पतालले जस्तोसुकै स्वास्थ्य सेवा दिन तयार रहेको उल्लेख गरे ।