किरण कुँवर
चितवन, १० साउन । ‘सुन्दर, स्वच्छ र सफा नगर : हाम्रो रत्ननगर’ अभियान अन्तर्गत पूर्वी चितवन स्पोट्र्स क्लब रत्ननगर–३ र रत्ननगर नगरपालिकाको संयुक्त आयोजनामा सरसफाइ कार्यक्रम गरिएको छ ।

पूर्वी चितवन स्पोट्र्स क्लबका अध्यक्ष सुरज न्यौपानेको अध्यक्षता एवम् रत्ननगर नगरपालिकाका नगरप्रमुख प्रलाद सापकोटाको प्रमुख आतिथ्यतामा सञ्चालित कार्यक्रम क्लबका संरक्षक केवल न्यौपानेको संयोजकत्वमा भएको थियो ।

महिनामा एकपटक राजमार्ग आसपासमा बृहत् सरसफाइ कार्यक्रम गर्ने गरी अभियान सञ्चालन गर्न लागेको नगरप्रमुख प्रलाद सापकोटाले बताए । सापकाटाले रत्ननगर नगरपालिकालाई सफा, सुन्दर र हराभरा बनाउन सबैको साथ र सहयोग आवश्यक रहेको समेत उल्लेख गरे ।



प्रतिक्रिया