मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

वडा प्रहरी कार्यालय श्रीपुरले करौडो मुल्य बराबरको अवैध सामान लियो नियन्त्रणमा, २ सय ७३ जना फरार प्रतिवादी पक्राउ

वडा प्रहरी कार्यालय श्रीपुरले करौडो मुल्य बराबरको अवैध सामान लियो नियन्त्रणमा, २ सय ७३ जना फरार प्रतिवादी पक्राउ

न्यूजस्टोरी

शेखर छत्कुली
पर्सा, ८ साउन । वडा प्रहरी कार्यालय श्रीपुरले १० महिनामा करिव ३० करोड मुल्य बराबरको अवैध सामान सहित आपराधिक गतिविधिमा सँलगन रहेका र २४ जना पुरुष फरार प्रतिवादी र १ जना महिलालाई नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्सा मातहतमा रहेको वडा प्रहरी कार्यालय श्रीपुरले सो परिमाणको बराबरको सामान र फरार प्रतिवादीलाई नियन्त्रणमा लिएको हो ।

वडा प्रहरी कार्यालय श्रीपुरका प्रमुख प्रहरी निरीक्षक श्याम बस्नेतले कमाण्ड सम्हालेका दिन देखि लागू औषध नियन्त्रण देखि भन्सार छली नियन्त्रण, विभिन्न मुद्दामा ठुलो मात्रामा फरार प्रतिवादी पक्राउ, काठ तथा बालुवा तस्करी नियन्त्रण सम्मको अभियानमा सफल भएका छन ।

वडा प्रहरी कार्यालय श्रीपुरमा वस्नेत को कार्यकालको १० महिनामा गत आर्थिक वर्षको तुलनामा अवैध तस्करीको सामान २० प्रतिशतले बढी अवैध तस्करीको सामान नियन्त्रणमा लिन सफल भएको वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरीक्षक श्याम बस्नेतले बताएकाछन् ।

वडा प्रहरी कार्यालय श्रीपुरका प्रमुख प्रहरी निरीक्षक बस्नेतले जनताको काम छिटो र छरितो गरेको काम प्रति स्थानीयमा वडा प्रहरी कार्यालयका प्रहरी प्रतिको जनविश्वास बढ्दै गइरहेको छ ।

प्रहरी निरीक्षक बस्नेतको नेतृत्वमा भारतबाट नेपालतर्फ अबैध रुपमा भन्सार छली गरी ल्याइएका करिब २९ करोड ४१ लाख ३ सय ३५ रुपैयाँ बराबरको विभिन्न किसिमका उपभोग्य तथा अन्य सामग्रीहरू र ४ वटा मोटरसाइकलहरू समेत तस्करीमा सँलगन रहेकोले नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाएको छ ।

त्यस्तै भारतको ड्राइपोर्ट र आईसिपी भन्सार हुँदै नेपाल भित्रिएका गाडीहरुवाट बिल र बिजकमा उल्लेख गरिएको भन्दा बढी मात्रामा बिभिन्न माल सामान लोड गरी नेपाल भित्र्याउदै गरेर ल्याइएका १ करोड ७ लाख ४० हजार रुपैयाँ बराबरको मालसामान सहितका सवारी साधन राजस्व अनुसन्धान कार्यालय, पथलैयामा आवश्यक अनुसन्धानका लागि बुझाइएको प्रहरी निरीक्षक बस्नेतले जानकारी गराएका छन् ।

त्यसैगरी, लागू औषध तस्करी नियन्त्रणलाई पहिलो प्राथमिकता दिँदै प्रहरी निरीक्षक बस्नेतको टोलीले १० महिनाको अवधीमा ठुलो मात्रामा लागूपदार्थहरू समेत बरामद गरेको जनाएका छन् ।

उक्त कार्यमा संलग्न २५ जना पुरुष र १ जना महिलालाई पक्राउ गरि कानुनी कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय पर्सामा पठाइएको छ ।

वडा प्रहरी कार्यालय श्रीपुर वीरगन्जले २७३ जना अदालतबाट फैसला भइसकेका फरार प्रतिवादीहरूलाई अदालतमा पेश गरेको छ।

त्यस्तै, चालु तथा पेनडिङ मुद्दामा संलग्न २४ जना पुरुष र २ जना महिला गरी २६ जना फरार प्रतिवादीहरूलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा दाखिला गरिएको जनाएको छ ।

विभिन्न मितिमा पिठुवा जातको काठ २५० क्यु फिट, तयारी काठबाट बनेका ढोकाका चौकठ ८ पिस र झ्यालका चौकठ ४० पिस, साथै काठहरु लोड गरिएका सवारीसाधनहरू नियन्त्रणमा लिई वन डिभिजन कार्यालय पर्सामा बुझाइएको पनि प्रहरी निरीक्षक वस्नेतले जनाइएको छ ।

पर्सा जिल्लाको विभिन्न ठाउँहरूमा अवैध रूपमा बालुवा उत्खनन गरी ट्याक्टरमार्फत ओसारपसार गरिरहेको अवस्थामा ९ वटा ट्याक्टर नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि वीरगञ्ज महानगरपालिकामा बुझाइएको पनि जानकारी दिइएको छ ।
वडा प्रहरी कार्यालय श्रीपुर वीरगन्जका प्रमुख प्रहरी निरीक्षक बस्नेतको कारण सो छेत्रमा दिनहु हुने चोरीमा सँलगन रहेकाहरुलाई नियन्त्रणमा लिन सफल भएपछी श्रीपुर पावरहाउस रामगढवा ड्राईपोर्ट आईसिपी लगायतका स्थानहरुमा चोरीको घटनामा कमी आएको प्रहरी निरीक्षक बस्नेतले दावी गरेका छन् ।
वडा प्रहरी कार्यालय श्रीपुर वीरगन्जका प्रमुख प्रहरी निरीक्षक बस्नेतले आफु गलत कार्य गर्ने बिरुद्ध कारवाही गर्न कुनै किसिमको समझौता नगर्ने दावी गरेका छन् ।