वारा, ८ साउन । वाराको मटिअर्वा नाकाबाट मोजामिल हुसेनको रातीमा कपडा दिउसो कवाड र मकैको तस्करी शुरु भएको जानकारी प्राप्त भएको छ ।
बाराको जिल्लाका प्रहरीले कडाई गरेको नाटक गरी सानातिना पोके र घरायसी सामान लिएर भारतवाट मटिअर्वा नाका हुदै कलैया आउने मानिसहरुको सामान प्रहरीले नियन्त्रणमा लिने गरेको स्थानीयहरुले गुनासो गरेकाछन् ।
मटिअर्वा नाकाबाट तस्करीमा कडाई गरीएको प्रहरीको दाबी रहेपनि रातिमा कवाड सँगै कपडा र मकैको तस्करी सँचालन नै रहेको स्थानीयहरुले गुनासो गरेका छन ।

मटिअर्वा नाकाबाट तस्करी भईरहेको सामाचार विगत केही दिन देखि विभिन्न सँचार माध्यमा आई रहदा पनि वारा जिल्ला प्रहरी प्रमुख र सशस्त्र प्रहरी बल १२ नम्वर गरका सशस्त्र प्रहरी प्रमुख आफ्ना घुमुवा मार्फत तस्करहरु सँग रकम असुलीमा लगाएका छन् । वारा जिल्लाको मटिअर्वा लगायत बिभिन्न नाकामा भै रहेको तस्करीहरुको प्रशस्त प्रमाणहरू नेपाल प्रहरी र सशस्त्र प्रहरी मुख्यालयमा पुगे पनि तस्करी नरोकिएको स्थानीयहरुले बताएका छन् । जसको उदाहरण स्वरुप सशस्त्र प्रहरी प्रस्तावित गुल्म मटिअर्वाको ईन्चार्जको जिम्मेवारीमा रहेका सशस्त्र प्रहरी नायव निरीक्षकहरुलाई बारम्बार तस्करी गराएको भन्दै कहिले सशस्त्र प्रहरी हेडक्वाटर त कहिले सशस्त्र प्रहरीको मधेस प्रदेश कार्यालय छिन्नमस्ता बाहिनीमा तानिने गरेको छ।

त्यस्तै हाल सशस्त्र प्रहरी प्रस्तावित गुल्म मटिअर्वाको ईन्चार्ज सशस्त्र प्रहरी नायव उपरीक्षक उदय राज न्यौपानेलाई हेडक्वाटर तानिएको छ । सशस्त्र प्रहरी नायव उपरीक्षक न्यौपानेलाई हेडक्वाटर तानिएपछि सशस्त्र प्रहरीले दिनमा कडाई गर्ने र रातिमा भारतीय नागरिक मोजामिल हुसेनको कवाड सँगै कपडा, मकै तस्करी गराउने गरेको श्रोतको दाबी रहेको छ।
सशस्त्र प्रहरीले दिनमा घरायसी समान सहित मलखाद ल्याउन समेत रोक लगाएकोले बुधबार स्थानियहरुले उक्त नाकामा टायर बालि प्रदर्शन समेत गरेका थिए ।
सशस्त्र प्रहरी बल नेपालले बारम्बार प्रस्तावित गुल्मको ईन्चार्जलाई तस्करी कार्यमा सँगल्न रहेको आरोपमा तानेपनि नेपाल प्रहरीले खासै कुनै चाँसो नदेखिएकोले नेपाल प्रहरीलाई तलदेखि माथिसम्म मोजामिलले केहि नेपालि नागरिकको मार्फत रकम पुगाउने गरेको सजिलै अनुमान गर्न सकिन्छ।
मोजामिल मटिअर्वा नाकाको दशगजामा नै कवाड राख्ने गरेको जो कोहीले पनि देख्न सक्छ ।
रातिको समयमा तस्करहरुले ठेलावाट कवाड सँगै चाईनिज मकै भारत तर्फ पठाउने गरेको र सोहि ठेलाबाट भारतबाट नेपालतर्फ कपडा ल्याउने गरेको श्रोतको दाबी रहेको छ।
सो तस्करी कार्यमा भारत नेपाल दुवै तर्फका तस्करहरु संलग्न रहेको बुझिएको छ ।
तस्करहरुले वारा जिल्ला प्रहरीका क्राईम ब्रान्च शाखाका वरिष्ठ सई बिनोद काफ्लेलाई बुझाउने गरेको प्रहरी स्रोतले जनाएकोछ ।
सशस्त्र प्रहरी बल १२ नम्वर गणका प्रमुख सशस्त्र प्रहरी उपरिक्षकले आफ्नो घुमुवा मार्फत तस्करहरु सँग मासिक लाखौ रुपैँया सम्म बुझने गरेको श्रोतको दाबी रहेको छ।
सो नाकाबाट नेपाल प्रहरी र सशस्त्र प्रहरीले दिनमा मलखाद समेत ल्याउन नदिने तर रातिमा ठेलाको माध्यमबाट नै कवाड सँगै कपडा र चाईनिज मकैको तस्करी गराउने गरेकाछन्।
त्यस्तै उक्त नाकाबाट तस्करी गर्न मुन्ना , सँजय , बिरेन्द्र लगायत भारतको बेल्दारवा निवासी झगरु भन्ने ब्यापारीहरुले ग्रिन सिग्नल पाएका नाम नछाप्ने सर्तमा एक तस्करले बताएकाछन् ।
वारा जिल्ला क्राईम ब्रान्चका सई विनोद काफ्लेले विगत दुई तिन वर्ष देखी वारा जिल्ला प्रहरी कार्यालय मै कार्यरत छन् । सई काफ्ले वारा जिल्लामा जो नयाँ एसपी आएपनी ठुलो नजराना वुझाएर सेटिङ गर्ने गरेकाछन् ।


प्रतिक्रिया