म्याग्दी, २१ असार । मालिका गाउँपालिका–७ मा रहेको बेल्फी लुरवाङ सिँचाइ योजनाको ३७ वर्षपछि पक्की नहर निर्माण भएको छ । योजनाबाट लुरवाङमा रहेको एक सय ५० घरधुरी किसानको झन्डै तीन सय रोपनी जमिनमा सिँचाइ सुविधा पुगेको उपभोक्ता समितिले जनाएको छ ।
गण्डकी प्रदेश सरकारको बजेटबाट खानेपानी, जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय म्याग्दीको सहयोगमा नहर निर्माण भएको हो । नहरमा पानी चलाएपछि लुरवाङ्को फाँटमा धान रोपाइँका लागि यसपाली आकाशे पानीको भर पर्नु नपरेको किसान बुद्धि जुग्जालीले बताउनुभयो ।
चालू आर्थिक वर्षमा २० लाख बजेट बिनियोजन भएको योजनामार्फत गलघण्टीको भिर र लुरवाङमा तीन सय मिटर पक्की नहर निर्माण भएको छ ।


प्रतिक्रिया