काठमाडौं, २० असार । गाडी चालक अनुमतिपत्र प्रणालीमा समस्या आएपछि बन्द भएको सेवा सञ्चालनमा आएको छ ।
यातायात व्यवस्था विभागले दिउँसो सूचना निकालेर सवारी चालक अनुमतिपत्र प्रणालीमा समस्या आएकोले सेवा बन्द रहेको जानकारी दिएकोमा समस्या समाधानपछि सेवा नियमित भएको जानकारी गराएको हो ।


प्रतिक्रिया